English

एसईईको नतिजा सार्वजनिक



राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो । बुधबार बैठक बसेर बिहीबार नतिजा सार्वजनिक गर्ने भनिएपनि बुधबार त्रुटि सच्याउन भन्दै बैठक बस्न सकेको थिएन ।

यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.०० सम्म ८८ हजार ४४७, १.२० देखि १.६० सम्म ३८ हजार ७७० र ०.८० देखि १.२० सम्म २२ सय जनाले प्राप्त गरेका छन् । सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

यो पनि…
एसईई रिजल्ट आजै सार्वजनिक हुने



सम्बन्धित खबरहरु

गायक तथा संगीतकार विनय कार्की र उनको ब्यान्ड “बिनय कार्की एण्ड थुंगा ब्यान्ड“ को पहिलो गीत “नयाँ नयाँ“ को भिडियो

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ फिमेल सेन्ट्रिक सिनेमा हो । महिला चरित्रले यो सिनेमा लिड गर्नेछ । यसको थिम पोस्टरले नै

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

काठमाडौं, नेपाल: प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ का आयोजक ग्लोकल प्रा.लि. ले यस वर्षका ग्लोकल २० अन्डर २० भनी पहिचान

Latest










Popular
Suggested