English

यस्तो छ असार १५ र दही चिउराको सम्बन्ध



असारलाई ‘मानो रोपेर मुरी फलाउने’ समय भनिन्छ । कृषि प्रधान राष्ट्र भएकाले खानापछि दही खाने चलन पहिलादेखि कै हो । किसानको सम्मानका लागि राष्ट्रिय धान दिवस अर्थात् असार १५ का दिनमा दही चिउरा खाने प्रचलन आएको धर्म संस्कृतिविद् डा. वासुदेवकृष्ण शास्त्री बताउँछन् ।

रोपाइँको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति, शीतलता प्रदान गर्छ । किसान बाहेक अन्य पेसा र व्यवसाय गर्नेले पनि आजको दिन दही चिउरा खाएर मनाउने प्रचलन रहेको छ ।

दहीमा शुद्ध, पवित्र र औषधीय गुण हुन्छ । दहीले पाचन प्रणालीलाई सन्तुलन बनाउने, शरीरमा भएको टक्सिन सफा गर्ने कार्य गर्छ । वर्षाको समयमा देखा पर्ने विभिन्न किसिमका रोग, जीवाणु, विषाणु लगायत विभिन्न प्रकारका भाइरसको आक्रमणबाट बचाउन रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउने भएकाले दही चिउरा खाने प्रचलन रहेको शास्त्री बताउँछन् ।

रोपाइँपछि दही चिउरा खाँदा पहिला धर्ती देवीलाई चढाइन्छ, पोहोर साल धान धेरै फलेर चिउरा कुटेर खाइयो, यो वर्ष पनि धेरै अन्न फलोस् भनेर प्रार्थना गर्ने गरिन्छ ।

‘रोपाइँपछि दही चिउरा खाँदा पहिला धर्ती देवीलाई चढाइन्छ,’ उनी भन्छन्, ‘पोहोर साल धान धेरै फलेर चिउरा कुटेर खाइयो, यो वर्ष पनि धेरै अन्न फलोस् भनेर प्रार्थना गर्ने गरिन्छ ।’

यस्तै, दहीमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै आलस्य गराउँदैन । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाइम हुन्छ, जसले शरीरलाई फाइदा गर्छ । असारको गर्मीमा धान रोप्दा दही चिउरा खानाले शरीरलाई सन्तुलित राख्ने र दहीमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ति र जोस प्रदान गर्छ ।

हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्त्वपूर्ण छ । शुभ कार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।

यो पनि…
मन्त्री यादवले मेसिनबाट रोपे धान (फोटो फिचर)
किसानलाई मल दिन नसक्ने लाचार सरकार



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested