English

सानिमा बैंकका ग्राहकहरूलाई नागरिक हस्पिटलमा छुट



सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न भक्तपुरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलसँग सम्झौता गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट–क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ ।

सानिमा बैंकका ग्राहकहरूले औषधी र अपरेसन सम्बन्धी शुल्कहरूमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्स–रे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

यो पनि…
नयाँ वर्षका लागि सानिमा बैंक र दराजबीच सहकार्य
‘सानिमा नारी बचत खाता’मा विशेष योजना



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०