English

बुढानीलकण्ठ नगरपालिका नगर सभाको अधिवेशन (फोटो फिचर)



बुढानीलकण्ठ नगरपालिकाले नगर सभाको १२ औँ अधिवेशन गरेको छ । नगरपालिका कार्यालयमा बिहीबार नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा उक्त अधिवेशन भएको हो ।

‘स्वच्छ, शान्त समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ बनाउने अभियानमा हामीले २०८० साललाई शैक्षिक उन्नत वर्ष र उद्योग पर्यटनको आधार वर्ष बनाउने घोषणा गरेका छौँ । त्यस्तै, २०८१ साललाई उद्योग पर्यटन वर्ष बनाउने तयारी गरेका छौँ । असल, सक्षम, सुशासन, संस्कृति नगर बनाउने लक्ष्यसहित शिक्षालाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।’ नगर प्रमुख अधिकारीले भने । उनले पूर्वाधारको विकास क्रममा निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे । सामाजिक, आर्थिक र प्राविधिक विकासको क्षेत्र प्राथमिकतामा रहेको र स्वास्थ्य, खनो पानी, सुरक्षित सडक, स्वच्छ वातावरण, कृषि औद्योगिक तथा घरेलु उत्पादन त्यसको भण्डारण तथा समुचित बजार व्यवस्थापन गरिने, हिंसामुक्त र सुशासनयुक्त समाज निर्माण गरिने योजना भएको उनले बताए ।

सभामा नगर प्रमुख अधिकारीले बुढानीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसै गरी, उपप्रमुख अनिता लामाले नगरपालिकाको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक, २०८० तथा नगरपालिकाको अनुमानित आय व्ययको विवरण पेस गरेकी थिइन् ।

नगर कार्यपालिकाद्वारा तयार गरी पारित गरिएको आ.व २०८०/८१ को अनुमानित आय दुई अर्ब अठासी करोड १३ लाख रुपैयाँ र अनुमानित व्यय तर्फ दुई अर्ब अबठासी करोड १३ लाख रुपैयाँ रहेको उप प्रमुख लामाले बताइन् । यस उपर, सभामा विभिन्न वडाहरूबाट प्रतिनिधित्व गर्दै वडा अध्यक्ष तथा वडा सदस्यहरूले विभिन्न जिज्ञासा तथा सुझावहरू पनि राखेका थिए ।

आगामी बैठक शुक्रबार (भोलि) सल्लाह सुझाव तथा प्रतिक्रिया संकलन बैठक बस्ने गरी स्थगन गरिएको छ । सभाको अर्को बैठकमा आज पेस भएको नीति, कार्यक्रम तथा बजेट, विधेयकहरूमाथि छलफल गरिने नगर प्रमुख अधिकारीले बताए ।

संविधानमा र स्थानीय तह सञ्चालन ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक आर्थिक वर्षमा नगर सभाको बैठक ६ महिनाको अन्तरालमा बस्ने गरेको छ । असारे नगर सभामा चालु आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम लगायतका योजनाहरू पेस गरी पारित गरिन्छ भने हिउँदे नगर सभामा चालु आर्थिक वर्षको बजेट कार्यक्रम स्वीकृत भयदेखि कार्यान्वयन भएको सम्पूर्ण काम र गतिविधिहरूका बारेमा छलफल, अर्धवार्षिक समीक्षा र मूल्याङ्कन गरिन्छ ।

यो पनि…
रैथाने जनजीवन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न कृषि मेला (फोटो फिचर)
११३ औँ श्रमिक महिला दिवस : सशक्तीकरण संवाद (भिडियो पनि)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested