English

बहिरा समुदाय र समाज बीचकी सेतु ‘शिलु’



नेपाली साङ्केतिक भाषाको क्षेत्रमा शिलु शर्मा परिचित नाम हो । साङ्केतिक भाषा विज्ञका रुपमा सक्रिय शर्मा नेपाल टेलिभिजनका पर्दामार्फत साङ्केतिक भाषाका माध्यमबाट बहिरा जगतलाई समाचार बुझाइरहेकी देखिन्छिन् । विभिन्न सम्मेलन, गोष्ठी होस् वा बहिरा व्यक्तिलाई आवश्यकता परेको खण्डमा अस्पताल, प्रहरी कार्यालय, अदालत आदि ठाउँमा बहिरा व्यक्तिहरूका लागि दोभासे सेवा दिन पुग्छिन् । बहिराहरुलाई समाजको मूलधारसँग जोड्ने कर्ममा रहेकी शर्मा बहिराहरुसँग जोडिएका विषयमा अध्ययन र अनुसन्धान गर्न पनि उत्तिकै रुचि राख्छिन् ।

विगत दुई दशकदेखि शर्माले साङ्केतिक भाषाको क्षेत्रमा प्राज्ञिक कर्म गर्दै आइरहेकी छिन् । विसं २०६० मा नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहका लागि ‘नेपाली साङ्केतिक भाषाको उद्भव, विकास र स्वरूप’ शीर्षकमा शोध कार्य गरेर त्यसलाई पुस्तकको आकार दिएकी थिइन् । शर्माले २०७४ मा राष्ट्रिय बहिरा महासंघ नेपालबाट प्रकाशित ‘नेपाली साङ्केतिक भाषाको शब्दकोश’ मा सह–लेखन समेत गरेकी थिइन् । २०७६ मा भाषाविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहका लागि शर्माले ‘नेपाली साङ्केतिक भाषाको समास’ शीर्षकमा शोध कार्य पनि गरेकी थिइन् ।

२०७८ मा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित जर्नल ‘मातृभाषाको रुपरेखा भाग–२’ मा शर्माको ‘नेपाली साङ्केतिक भाषाको रुपरेखा’ शीर्षकमा लेख समेत प्रकाशित छ । साङ्केतिक भाषाप्रतिको यही लगाव र निरन्तरको कर्मले जगाएको हुटहुटीले होला,शर्माले गरेको अनुसन्धानमा आधारित पुस्तक ‘नेपाली साङ्केतिक भाषाको स्वरूप’ पुस्तकलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले पाठक माझ ल्याएको छ । यस अध्ययनमा मुख्यत नेपाली साङ्केतिक भाषाको पृष्ठभूमिका साथै वर्ण व्यवस्था र व्याकरणिक संरचनाको विश्लेषण गरिएको छ ।

नेपाली साङ्केतिक भाषाको आफ्नै पहिचान छ । यस भाषाले आफ्नै मौलिकता बोकेको छ । नेपाली साङ्केतिक भाषाको विकास क्रमशः अगाडि पनि बढिरहेको छ । नेपालमा बोलिने १२५ भाषामध्ये साङ्केतिक भाषा पनि एउटा हो । यो भाषालाई बहिरा व्यक्तिहरूको संचारको माध्यमको एक महत्वपूर्ण हिस्साका रुपमा नेपालको संविधानले स्वीकार गरेको छ ।

तर, बहिरा समुदायको पहिलो भाषाको रुपमा रहेको नेपाली साङ्केतिक भाषाका विषयमा अध्ययन अनुसन्धानका कार्य भने निकै कम भएका छन् । यस्तो स्थितिमा नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा (मातृभाषा,कोश र व्याकरण) विभागका पूर्वप्रमुख प्राडा. योगेन्द्र प्रसाद यादवलाई साधुवाद भन्नैपर्छ ,जसले शर्मालाई यो पुस्तक प्रकाशनकालागि अनुसन्धान कार्य गर्न प्रोत्साहित गरे । शर्माले सम्पन्न गरेको ‘नेपाली साङ्केतिक भाषाको स्वरूप’ अध्ययन आफैंमा सराहनीय कदम भएको यादवको भनाइ छ । त्यही अध्ययनको प्रतिफल यो पुस्तकको जन्म हुन पुग्यो । प्रज्ञा–प्रतिष्ठानको भाषा (मातृभाषा,कोश र व्याकरण)विभागको परियोजनाअन्तर्गत शर्माले सम्पन्न गरेको यस कृतिबाट नेपाली साङ्केतिक भाषाका विभिन्न पक्षहरुबारे जानकारी पाउन सकिन्छ ।

नेपाली साङ्केतिक भाषा एउटा पृथक भाषा हो । २०६८ को जनगणना अनुसार बहिरा तथा सुस्तश्रवण व्यक्तिहरूको संख्या ७९,३०७ थियो भने २०७८ को जनगणना अनुसार बहिरा व्यक्तिको संख्या ५१३७३ तथा सुस्तश्रवण व्यक्तिको संख्या ५१५२० छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाल अनुसार यस भाषाको प्रयोग गर्ने नेपाली बहिरा समुदायका व्यक्ति वा यस भाषाको वक्ता संख्या झण्डै ३ लाखदेखि ५ लाखको हाराहारी मा रहेको छ ।

पुस्तकमा साङ्केतिक भाषामा स्टोकेइ–मोडेल,लिडेल–जोन्सन मोडेल,औँला हिज्जेदेखि यस भाषामा आएका परिवर्तन लगायतका विषयहरू समेटिएका छन् । यतिमात्र होइन,पुस्तकमा युवा बहिराहरुले चलनचल्तीमा ल्याएका साङ्केतिक शब्दहरूलाई पनि स्थान दिइएको छ ।

पुस्तकमा मुख्यत नेपाली साङ्केतिक भाषाको पृष्ठभूमिका साथै वर्ण व्यवस्था र व्याकरणिक संरचनाको विश्लेषण गरिएको छ । साङ्केतिक भाषाको पृष्ठभूमि,इतिहासका साथै यो भाषाको व्याकरणीय पक्षबारे जानकारी गराइएको छ ।

‘नेपाली साङ्केतिक भाषाको व्याकरणबारे चर्चा गरिए तापनि सम्पूर्ण व्याकरण भने होइन,नेपाली साङ्केतिक भाषाको व्याकरणको थप अनुसन्धान गर्न बाँकी नै रहेको’ लेखक शर्मा बताउँछिन् ।

नेपाली साङ्केतिक भाषाका वर्ण, शब्द, वाक्य र संकथनका तहमा गहन अध्ययन र अनुसन्धानका क्षेत्रमा लाग्न भावी अध्ययन कर्ताका लागि यो पुस्तक उपयोगी बन्न सक्छ । पुस्तक विद्यालय स्तरमा नेपाली साङ्केतिक भाषाको शिक्षणका साथै यस क्षेत्रका अनुसन्धाता तथा अध्येताका लागि ठूलो आधार र उत्तिकै सहयोगी हुनसक्छ ।

यो पनि…
शुभेच्छाको क्यान्सरमुक्त अनुभव ‘क्यान्सर, खानपान र म’
यात्राको तरङ्गमा तैरिँदा



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।