English

तातो पानी पिउनु स्वास्थ्यका लागि कत्तिको प्रभावकारी ?



पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । पर्याप्त मात्रामा पानी पिउनाले धेरै रोगबाट बचाउँछ र शरीरलाई स्वस्थ राख्छ। चिसो पानी पिउनुको सट्टा तातो पानी पिउनु बढी स्वस्थ हुन्छ भनिन्छ । जसका कारण मानिसहरू प्राय तातो पानी पिउने गर्छन् । जसको तौल बढी हुन्छ, उनीहरूले पनि तातो पानी पिउने गर्छन् । धेरै तातो पानी पिउँदा तौल घट्छ भन्ने उनीहरूको धारणा छ । घाँटी दुख्ने, रुघाखोकी लाग्दा पनि मानिसहरू तातो पानी पिउने गर्छन् । तर विज्ञहरूका अनुसार चिसो र तातो पानी भन्दा सामान्य पानी पिउनु बढी प्रभावकारी हुन्छ । कब्जियतको समस्या हुँदा पनि मानिसहरू बिहान तातो पानी पिउने गर्छन् । तर धेरै तातो पानी पिउनु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। जानौँ तातो पानी स्वास्थ्यका लागि कति फाइदाजनक र कति हानिकारक हुन सक्छ ?

तातो पानी पिउनुको फाइदा

कब्जियतबाट राहत

हल्का मनतातो पानी पिउनाले पेट सफा हुन्छ र मल त्यागमा कुनै समस्या हुँदैन । अपच र एसिडिटीको समस्या भएमा मनतातो पानी पिउन सकिन्छ । यस कारणले खाना खाएपछि कब्जियतको समस्या हुँदैन र पेटको दुखाइ कम हुन्छ।

तौल घटाउन सहयोग

खाना पचाउन तातो पानी प्रभावकारी हुन्छ । बिहान बेलुका खाना खाइसकेपछि हल्का मनतातो पानी पिउनुपर्छ, यसले तौल घटाउन सक्छ । स्वास्थ्य लाभका साथै मन शान्त रहन्छ र धेरै भोक पनि लाग्दैन।

पाचन प्रणालीमा सुधार

पाचन शक्ति बढाउन तातोपानी सेवन गर्न सकिन्छ । मनतातो पानीले पेट र आन्द्रालाई हाइड्रेट गर्न मद्दत गर्छ। यस्तो अवस्थामा तपाईँले सही मात्रामा तातो पानी पिउन सक्नुहुन्छ ।

तातो पानी पिउनुको बेफाइदा

मिर्गौलामा प्रभाव

शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । तर धेरै तातो पानी पिउनाले डिहाइड्रेसन हुन सक्छ र मिर्गौलालाई असर गर्छ। तातो पानीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्दैन र मिर्गौला बिग्रन थाल्छ ।

निद्रामा प्रभाव

राति सुत्नुअघि तातो पानी पिउनुभयो भने निद्रामा असर पर्छ । राति मनतातो पानी पिएर सुत्दा पिसाब बढ्नुका साथै रक्त नलीका कोशिकाहरूमा चाप बढ्न सक्छ। निद्राको प्रभावका कारण थकान महसुस हुनुका साथै अन्य शारीरिक तथा मानसिक समस्याहरू देखा पर्न सक्छन्।

डिहाइड्रेसनको समस्या

एक अध्ययन अनुसार शरीरको ५५–५६ प्रतिशत भागमा पानी हुन्छ । पानी स्वास्थ्यका लागि प्रभावकारी हुन्छ । यसले शरीरलाई हाइड्रेट गर्छ र विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ। तर तातो पानी पिउनाले शरीरलाई हाइड्रेट गर्दैन, तर डिहाइड्रेसनको समस्या बढाउन सक्छ।

इलेक्ट्रोलाइट्समा प्रभाव

अत्यधिक पानीले रगतमा इलेक्ट्रोलाइट्सलाई कोशिकामा भन्दा बढी पातलो गर्न सक्छ। रगत र कोशिकाहरू बीच सन्तुलन कायम राख्न कोशिकाहरूमा रगतको पानी तानिन्छ। यसले कोशिकाहरू सुन्निने र मस्तिष्कमा दबाब बढाउँछ। टाउको दुख्ने र अन्य समस्या हुन सक्छ।

यो पनि…
यी हुन् प्रोटिनयुक्त ५ खानेकुरा
यी ५ व्यक्तिले भुलेर पनि मूला खानु हुँदैन



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।