English

निषेधाज्ञापछि यस्तो छ पोखराको अवस्था



कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले मुख्य सहरमा निषेधाज्ञा गरेको छ । कास्कीमा पनि संक्रमितको संख्या बढेकाले यही १५ देखि २१ सम्म निषेधाज्ञा जारी गरिएको छ ।

जारी निषेधाज्ञाका कारणले खाद्यान्न, तरकारी, फलफूल, कुखुरा, पशुपंक्षीको दाना र औषधी ढुवानी गर्ने गाडी, दमकल, एम्बुलेन्स, शव बाहन र अत्यावश्यक मालबाहक गाडी सञ्चालनमा छन् । यी बाहेक निजी र सार्वजनिक सवारी साधनमा जोर बिजोर नियम लागू गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए । उनका अनुसार गतेका आधारमा सवारी साधनमा जोर र विजोर लागू छ । यसैगरी खाद्यान्न पसलहरु विहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन रहेको छ र अन्य पसल बन्द छ ।

कास्कीमा निषेधाज्ञाको नियम उल्लङ्घन गर्ने २ सय ३० भन्दा बढी दुई र चार पांग्रे सवारी साधन नियन्त्रणमा लिएको हमालले जनाए । यसरी नियन्त्रणमा लिएका सवारी साधनलाई दिनभरी होल्ड गरी साँझ छोडेको हो । ‘सय भन्दा बढी पसल कारवाहीमा परी बन्द गरिएको छ । नियम पालन नगरे भोलिदेखि नियम संक्रामक ऐन २०२० अनुसार कारबाही गछौँ’ उनले भने ।

पोखरा महानगरपालिका र मादी, रुपा, अन्नपूर्ण, माछापुच्छे« गरी चार वटा गाउँपालिकामा निषेधाज्ञा जारी छ । यही २१ गतेसम्म निषेधाज्ञा जारी भएपनि हप्तादिनसम्म लम्बिन सक्ने डिएसपी हमालको भनाइ छ ।

निषेधाज्ञा जारी भएपछि जनजीवनमा असर परेको व्यवसायी विन्दु गहतराज बताउँछिन् । उनी भन्छिन्, ‘स्थिती गाह्रो छ, पसलहरु सबै ठप्प छ , हस्पिटल जान र आवश्यक काम परेर बाहिर निस्किन समस्या परेको छ । ’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested