एकैदिन ५,७२७ मा कोरोना पुष्टि, ३३ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ३ हजार २ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ सय २८ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ८१ हजार ९५ रहेका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५५ रहेको छ भने आइसोलेशनमा ३८ हजार ८ सय १३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार ३ सय ९१ जनाको पीसीआर परीक्षण भएको छ भने ५ सय २५ जनाको एन्टिजेन परीक्षण भएको छ ।



