English

गर्मीमा अत्यधिक सेवन नगर्नुहोस् यी मसला



लगभग हरेक भान्सामा मसला प्रयोग गरिन्छ। मसलाको प्रयोगले खानाको स्वाद बढाउँछ। साथै, मसला हाम्रो स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ। जाडोमा धेरैजसो मानिसले विभिन्न प्रकारका मसला खाने गर्छन्, किनभने अधिकांश मसलामा तातो प्रभाव हुन्छ, जसले हाम्रो शरीरलाई न्यानो राख्छ। तर ध्यान राख्नुहोस् कि गर्मीमा हामीले यी मसलाहरू सीमित मात्रामा उपभोग गर्नुपर्छ। यदि तपाईँले यी मसलाको अत्यधिक सेवन गर्नुभयो भने यसले धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

खुर्सानीको धुलो

हामी मध्ये कसैलाई मसालेदार खाना धेरै मन पर्छ। त्यसैले मानिसहरू धेरै रातो खुर्सानी थपेर खाना पकाउन मन पराउँछन्। यदि तपाईँ पनि यसो गर्नुहुन्छ भने, यो तपाईँको लागि हानिकारक हुन सक्छ। विशेष गरी गर्मीमा मसलादार खानेकुरा नखाने । यसले स्वास्थ्यमा हानि पुर्याउन सक्छ।

लसुन

लसुन स्वास्थ्यका लागि फाइदाजनक छ तर गर्मीमा यसको अत्यधिक सेवनले स्वास्थ्यलाई हानि पुर्याउँछ। किनभने यसको प्रभाव तातो हुन्छ। त्यसैले गर्मीमा लसुनको बढी सेवन नगर्नुहोस् । वास्तवमा, लसुनको अधिक सेवनले एसिड रिफ्लक्स र पेटको ताप बढाउन सक्छ।

अदुवा

अदुवा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने मसलामध्ये एक हो । यसको प्रयोगले रुघाखोकी जस्ता समस्या कम गर्छ तर यदि अदुवा धेरै खानु भयो भने यसले तपाईँको धेरै समस्या बढाउन सक्छ । त्यसैले गर्मीमा अदुवाको धेरै सेवन नगर्ने प्रयास गर्नुहोस्।

यो पनि…
बोक्रामा अत्यधिक भिटामिन पाइने फलफूलहरू
३० वर्षभन्दा माथिका व्यक्तिले सेवन गर्नुपर्ने यी चार चिज



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।