English

बेसार र महको प्रयोगले हटाउनुहोस अनुहारको चायापोतो



सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल नगर्दा शरीरमा अनेक समस्या देखिने गरिएको छ । अहिले थुप्रै मानिस अनुहारमा चायापोतो देखिने समस्याबाट पनि पीडित छन् ।

त्यसैले, यस्तो अवस्थामा अब घरमै फेसप्याक बनाएर अनुहारको चायापोतो हटाउन सक्नुहुन्छ ।

फेसप्याक बनाउन आवश्यक सामग्री

मुल्तानी माटो – १/२ चिया चम्चा
जाइफलको धूलो – १/२ चम्चा
भिटामिन ‘ई’ क्याप्सुल – १ पिस
मह – १/२ चम्चा
बेसार – २ चिम्टी

फेसप्याक बनाउने र प्रयोग गर्ने विधि

यी सबै सामग्रीलाई एउटा प्लास्टिक वा सिसाको बलमा राख्नुहोस् । पानी वा दूध राखेर राम्रोसँग फिटेर पेस्ट बनाउनुहोस् । यसरी तयार पारिएको पेस्टलाई राति सुत्नुअघि अनुहारलाई सफा गरेर नियमितरूपमा लगाई १० देखि १५ मिनेटसम्म यत्तिकै छाडेर सफा पानीले धुनुहोस ।

अब, हल्का हातले मोस्चराइजिङ क्रिम पनि लगाउनुहोस् । केही दिनमै अनुहारमा भएको चायापोतो हराउँदै जानेछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्