English

वास्तुशास्त्र : घरमा बगैँचा बनाए सकारात्मक ऊर्जा आउँछ



बगैँचाले हाम्रो घरको सौन्दर्य बढाउन काम गर्छ। यस्तो अवस्थामा वास्तुशास्त्र अनुसार घरमा रुख तथा बिरुवा रोप्नुभयो भने घरको सौन्दर्य बढ्नुका साथै शरीर पनि स्वस्थ रहन्छ ।

प्रायः मानिसहरू आफ्नो घरको सौन्दर्य बढाउन विभिन्न प्रकारका रुख रोप्छन् । यसो गर्नाले घरको सौन्दर्य त बढ्छ तर यसको केही साइड इफेक्ट हामी र हाम्रो घरमा पनि पर्छन् । वास्तुशास्त्रका तरिका अनुसार बगैँचा लगाउनाले कुनै पनि प्रकारको समस्या हुँदैन । घरमा सकारात्मक ऊर्जा आउँछ, शरीर पनि स्वस्थ रहन्छ । वास्तुशास्त्रमा हरेक कुरालाई राख्ने वा गर्ने विशेष तरिका बनाइएको छ।

–वास्तुशास्त्र अनुसार घरमा बगैँचा बनाउनको लागि उत्तर र पूर्व दिशा धेरै शुभ मानिन्छ। यदि तपाईँले आफ्नो घरमा यस दिशामा बगैँचा बनाउनुभयो भने, तपाईँको घरमा सधैँ सकारात्मक ऊर्जा बन्न सक्छ।

–वास्तुशास्त्र अनुसार घरको दक्षिण र पश्चिम दिशामा बगैँचा बनाउनु हुँदैन। यस दिशामा वृक्षारोपण गर्नाले नकारात्मक शक्तिहरू बास बन्छन्।

–वास्तुशास्त्रका अनुसार उत्तर दिशामा बगैँचा रोप्दा हाम्रो करियरमा नयाँ अवसर र समृद्धि आउँछ। वास्तुशास्त्रका अनुसार तुलसीको बोट उत्तर दिशामा लगाउनाले घरमा सुख शान्ति रहन्छ ।

–वास्तुशास्त्रका अनुसार उत्तर दिशामा साना काँडे बिरुवाहरू कहिल्यै रोप्नु हुँदैन।

–यदि तपाईँ बगैँचामा फलफूल बिरुवा लगाउन चाहनुहुन्छ भने वास्तुशास्त्र अनुसार पूर्व दिशामा रोप्नुहोस्। यो दिशालाई वास्तुशास्त्रमा निकै शुभ मानिएको छ ।

–यदि तपाईँ रातो वा गुलाबी फूल रोप्ने सोचमा हुनुहुन्छ भने वास्तुशास्त्र अनुसार दक्षिण–पूर्व वा दक्षिण–पश्चिम दिशामा रोप्नुहोस्।

–वास्तुशास्त्रका अनुसार पूर्व दिशामा ठूला बिरुवा कहिल्यै नरोप्नुहोस् ।

सधैँ पश्चिम र दक्षिणमा ठूला रूखहरू र बिरुवाहरू रोप्नुहोस्।

यो पनि…
बगैँचा सजाउन पुराना सामानको प्रयोग
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्