English

कुर्तीसँग के–के लगाउँदा स्टाइलिस देखिएला ?



कुर्ती । नारीको विशेष पहिरन । खासमा कुर्तीलाई साधारण पहिरनको रुपमा लिइन्छ । तर, कुर्तीसँगै अन्य एक्सेसरिज पनि मिलाएर लगाउएमा स्टाइलिस देखिन्छ । त्यसो भए, कुर्तीसँग कस्ता सामग्री लगाउँदा स्टाइलिस देखिएला त ? यसैबारे यहाँ चर्चा गरिएको छ ।

झुम्का

जब एउटी युवतीले आफ्नो पहिरनमा कुर्ती छनोट गर्छिन् । त्यतिबेला कानमा झुम्का लगाउँदा सुनमा सुगन्ध हुन्छ । जसले स्टाइलिस लुक्स दिनुका साथै फेसनेवल देखाउन मद्धत गर्छ । झुम्का त्यस्तो गहना हो, जसलाई परम्परागत वा पश्चिमी दुवै शैलीका पहिरनमा प्रयोग गर्न सकिन्छ ।

घडी

कुर्ती लगाएकी नारीको नाडीमा घडी निकै सुहाउँछ । घडी जुनसुकै भएपनि हुन्छ, तर, कुर्तीमा घडी अनिवार्य जस्तै हो । यद्यपि, गोल्डेन अर्थात् छालाको स्ट्राइप भएको घडीले स्टाइललिस देखाउँछ ।

चुरा

चुरा नारीहरुको मूख्य गहना हो । उसो त यसलाई जुनसुकै पहिरनमा पनि लगाउन सकिन्छ । यसलाई फरक–फरक ढाँचा र रंगहरुमा पाइन्छन् । त्यसैले कुर्ती जुन रंगको छ त्योसँग मिल्ने रंगको चुरा लगाउँदा राम्रो देखिन्छ ।

यो पनि…
पाइन्ट लगाउँदा यी कुरामा ध्यान दिनुहोस्
जाडोका लागि छान्नुहोस् यस्ता ज्याकेटहरू



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्