English

टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्न होण्डा स्किल कन्टेस्ट



होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ । कम्पनीका सवारीसाधन बिक्री गरेपछिको सेवाको स्तर उत्कृष्ट बनाउन हरेक वर्ष टेक्निसियन स्किल कन्टेस्ट संचालन गर्ने गरिएको कम्पनीले जानकारी दिएको छ।

स्याकार ट्रेडिङ कम्पनी सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता गरिएको थिए। सोमार्फत प्रत्येक क्षेत्रबाट २–२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए। क्षेत्रीय प्रतियोगितामार्फत काठमाडौँबाट २ जना, विराटनगरबाट २ जना, जनकपुरबाट २ जना, पोखराबाट २ जना र भैरहवाबाट २ जना छनोट भएका थिए।

यस प्रकारको प्रतियोगिताबाट टेक्निसियनहरूको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आगामी दिनमा थप कार्यकुशलताका साथ अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

राष्ट्रिय स्तरको प्रतियोगिता ललितपुरको ग्वार्कोस्थित होण्डाको ट्रेनिङ सेन्टरमा गरिएको थियो। होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले विगतका वर्षहरूदेखि नै उक्त किसिमका कार्यक्रमहरू गर्दै आएको छ। ‘यस प्रकारको प्रतियोगिताबाट टेक्निसियनहरूको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आगामी दिनमा थप कार्यकुशलताका साथ अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ,’ कम्पनीले भनेको छ।

प्रतियोगितामा प्रथम द्वितीय तथा तृतीय हुनेले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे। प्रथम पुरस्कार बज्रअटो महाराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटीसी पोखराका झलेन्द्र ईटानि र तृतीय पुरस्कार नौदेवी मोटर्स् विराटनगरका विनोद शर्माले क्रमशः ३०,०००, २०,००० र १५,००० नगद र प्रमाण पाए।

याे पनि
स्वदेशमै अन्तर्राष्ट्रिय शिक्षा दिने नेपालको पहिलो आईबी स्कूल
अरूको उपचार गर्ने वैद्यखाना आफैँ विरामी



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०