बुढानीलकण्ठ मेलामा राधा शाक्यदेखि सुनिता डंगोलसम्म (फोटो फिचर)
‘एकल महिलाहरूलाई दुबोको माला उन्ने, अचार बनाउने लगायतका तालिम नगरपालिकाबाट नै दिनु भयो, चकटी बुन्ने, बत्ती काट्न आफैले सिकेका थियौँ । आफ्नो उत्पादन कहाँ बेच्ने कसरी बेच्ने भन्ने थाहा थिएन । यसरी आफ्नै हातले बनाएको सामान प्रदर्शन गर्न पाउँदा धेरै खुसी लागेको छ ।’ आफ्नो उत्पादन बेच्न व्यस्त लक्ष्मी थापा मगरले मेलाले थपेको खुसी साटिन् ।

बुढानीलकण्ठ नगरपालिकाले दुई दिने ‘बुढानीलकण्ठ सीप सम्मेलन तथा कृषि मेला २०७९’ भव्यताका साथ गरेको छ । नगरपालिकाभित्रका स्थानीय सीपको सूचीकरण एवं उत्पादनलाई प्रोत्साहित गरी आत्मविश्वास, आत्मनिर्भरता वृद्धि तथा स्वरोजगारमा टेवा पुराउने उद्देश्यले चैत्र ३ र ४ गते उक्त कार्यक्रम आयोजना गरेको हो । ‘स्थानीय उत्पादनको प्रवर्द्धन गरौँ, राष्ट्रिय अर्थतन्त्रलाई जोगाउ’ भन्ने नाराकासाथ बुढानीलकण्ठ मन्दिर परिसरमा मेला आयोजित मेलामा उल्लेख्य मात्रामा सामान विक्री वितरण भएको र आठ हजारभन्दा बढीले मेलाको अवलोकन गरेको नगरपालिकाकी उपमेयर अनिता लामाले बताइन् ।

व्यवसायीको सकारात्मक प्रतिक्रिया आएको छ, अझै समय थप गर्न समेत माग गरेका थिए । अवलोकनकर्ताले पनि स्थानीय उत्पादनलाई माया गरेको पाइयो ।
‘व्यवसायीको सकारात्मक प्रतिक्रिया आएको छ, अझै समय थप गर्न समेत माग गरेका थिए । अवलोकनकर्ताले पनि स्थानीय उत्पादनलाई माया गरेको पाइयो ।’ लामाले जिम्मेवारी थपिएको सुनाइन् ‘हामीलाई थप चिन्ता र जिम्मेवारी थपिएको छ । हात बजारको अवधारणामा यस्तो कार्यक्रम कम्तीमा पनि महिनामा एक पटक प्रत्येक वडामा गर्ने योजना बनाएका छौँ । स्टलमा सहभागी भएकाहरूलाई नै समेते समिति गठन गर्छौ र त्यही टिमलाई परिचालन गरेर उनीहरूकै नेतृत्वमा नगरपालिकाभित्र कम्तिमा पनि दुई वा तीन ठाउँमा अव यस्तो कार्यक्रम गरिने छ ।’

यहाँ रहेका विभिन्न स्टलहरूमा फरक–फरक घरेलु उत्पादन देख्न पाइयो, आफ्नो सीप र क्षमताको पहिचान गरेर आत्मनिर्भर बन्न पनि यस मेलाले सहयोग गर्यो ।
‘नगरपालिकाले यस्तो कार्यक्रमले कृषकहरूलाई धेरै नै प्रोत्साहन हुन्छ । हामीले मूलाको चाना, इस्कुसको चाना, गुन्द्रुक सिस्नो लगायतका अर्ग्यानिक सामान बिक्री गर्यौं । घरमा उत्पादन गरेको तरकारीहरू बाँकी बसेको खेर नै जान्छ । यसरी प्रदर्शनमा राखियो भने धेरथोर पैसा पनि आउँछ, मलको मात्र लगानी उठ्यो भने पनि एकदम राम्रो हुन्छ ।’ नगरपालिकाले यस्तो कार्यक्रम गरेर खेर जाने सामानको सदुपयोग भएको र आफ्नो सीप र क्षमताको पहिचान तथा प्रदर्शन गर्न पाएको ठुलो गाउँ तामाङ महिला समूहकी सचिव रुवी तामाङ बताउँछिन् । ‘यहाँ रहेका विभिन्न स्टलहरूमा फरक–फरक घरेलु उत्पादन देख्न पाइयो, आफ्नो सीप र क्षमताको पहिचान गरेर आत्मनिर्भर बन्न पनि यस मेलाले सहयोग गर्यो ।’

७१ वटा स्टल रहेको मेलामा केपी ओली पत्नी राधिका शाक्य, डा. भगवान कोइराला, कला संस्कृति अभियन्ता मल्ल के सुन्दर, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ, शंखरापुर नगरपालिकाकी उपप्रमुख समिता श्रेष्ठ, सूर्य विनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई लगायत विभिन्न विद्यालयका विद्यार्थीहरूले अवलोकन गरेका थिए ।















































यो पनि…
रैथाने जनजीवन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न कृषि मेला (फोटो फिचर)
११३ औँ श्रमिक महिला दिवस : सशक्तीकरण संवाद (भिडियो पनि)