English

विश्वकप छनोटमा पुग्न नेपाल एक जित टाढा



आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध सहज जित हासिल गरेको छ । पिएनजीमाथि नेपालले ९ विकेट कीर्तिमानी जित निकालेको हो। नेपालले यो विकेटको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमा पूरा गर्यो।

नेपालका लागि विश्वकप छनोटमा पुग्न पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्नुपर्ने अवस्थामा थियो। जसमा नेपालले ११ मध्ये १० खेलमा जित हात पारिसकेको छ। अब बिहीबार युएईलाई पराजित गरे नेपाल जिम्बावेमा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ।

नेपालको जितमा आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले नटआउट ५३ रन जोड्ने क्रममा २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले नटआउट १२ रन जोडे। त्यसअघि ओपनर कुशल भुर्तेल ३३ रन जोडेर आउट भएका थिए। उनले १४ बलमा ४ चौका र २ छक्का हिर्काए। उनले कबुआ मोरियाको दोस्रो ओभरमा २६ रन प्रहार गरेका थिए।

टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजी सन्दीप लामिछानेले पाँच विकेट लिए पछि ३२ ओभरमा ९५ रनमै अलआउट भयो। पिएनजीका ओपनरद्वय किप्लिन डोरिगा २ रन र हिरी हिरी १४ रनमा आउट भए। डोरिगालाई ललित राजवंशीले चौथो ओभरको चौथो बलमा बोल्ड गरेका थिए। हिरी हिरीलाई भने सोमपालले सातौ ओभरमा करण केसीबाट क्याच गराए।

खराब सुरुवात गरेको पिएनजीले १४ ओभरमा ४९ रन जोड्दा ३ विकेट गुमाएको थियो। त्यसपछि सेसे बाउ १८ रन, कप्तान आसाद भाला २० रन र चर्ल्स अमिनी १६ रनमा आउट भएका थिए। तीनै जनालाई नेपालका सन्दीप लामिछानेले आउट गरे। बाउ बोल्ड हुँदा भाला र अमिनी क्याच आउट भए।

रिली हेकुरेलाई ४ रनमा उ ललितले आउट गरे। नोर्भान भानुआ शून्यमा कुशल मल्लको बलमा दिपेन्द्रसिंह ऐरीबाट क्याच भए। यस्तै सन्दीपले हिला भारेलाई ९ रनमा बोल्ड गरे। कुशलले काबुआ मोरियालाई पनि १ रनमा आउट गरे। सन्दीपले अन्तिम विकेटको रुपमा सेमो कामिआलाई शून्यमा बोल्ड गरे।

बलिङमा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले १० ‌ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए। यस्तै ललित राजवंशी र कुशल मल्लले २(२ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज सात देशबीचको आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो। आइतबार युएईमाथि जित निकालेसँगै नेपालले दुई खेल खेल्न बाँकी छदै एकदिवसीय मान्यता जोगाएको थियो।

नेपालले अब बाँकी रहेको अन्तिम खेलमा जित निकाले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ। सिरिजमा नेपालले अन्तिम खेल चैत २ मा युएईसँग खेल्नेछ।

लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ। लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालले ३५ खेलबाट ३८ अंक जोडेको छ। अन्तिम खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।

पाँचौ स्थानको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। लिग(२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३५ खेलबाट ११ अंक छ।

यो पनि…
९० मिनेट पूरा हुनुअघि नै रोनाल्डो मैदानबाट बाहिरिएपछि
मैदान छिर्नुअघि खेलाडीको अनौठा हरकत : चुम्बन गर्नेदेखि नुन छर्कनेसम्म



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।