English

‘सानिमा नारी बचत खाता’मा विशेष योजना



सानिमा बैंकले ११३ औँ श्रमिक महिला दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ।

उक्त योजना आगामी चैत्र १ गतेसम्म लागू हुनेछ। योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकहरूलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गरिदिनेछ।

यसका साथै, उक्त ग्राहकहरूलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा पाँच सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ। क्यासब्याक चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ।

सानिमा बैंकले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो। सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट अथवा यो लिंकमा क्लिक गरी खोल्न सकिनेछ। बैंकले सातै प्रदेशमा रहेको आफ्नो १३० कार्यालयहरू र १२३ वटा एटिएममार्फत ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ।

यो पनि…
ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’
ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा सहयोग



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०