English

काठमाडौं सिडिओ कार्यालयले मृत्यु संस्कार र जरुरी काम बाहेक सवारी पास नदिने



जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कार र अत्यन्तै जरुरी काम बाहेक सवारी पास नदिने भएको छ । अनावश्यक सन्दर्भमा अत्यावश्यक भनी सवारी पास माग गरेको पाइएको भन्दै कार्यालयले भोलिबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा आजबाट १५ दिनका लागि निषेधाज्ञा लागू भएको छ ।

यो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरु, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्था, बिमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोवार गर्ने संस्थाका कर्मचारी, एयरपोर्ट जाने आउने यात्रुहरुको हकमा भने सवारी पास आवश्यक नपर्ने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यदि यस्ता कार्यमा यात्रा गर्दा कहीँ कतैबाट अवरोध आएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ नम्बरमा फोन गर्न सूचित गरेको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्