English

कफीले गम्भीर रोगहरूको जोखिम कम गर्छ



कफी स्फूर्तिदायी र ऊर्जा बढाउने पेय पदार्थ हो। कफी बिना धेरै मानिसहरू दिनको सुरुवात गर्दैनन्। तर, धेरै रिपोर्टमा कफीको अत्यधिक सेवनलाई हानिकारक मानिएको छ । कफीमा क्याफिन नामको मुख्य तत्त्व पाइन्छ, जसको अत्यधिक सेवनले गम्भीर समस्या निम्त्याउन सक्छ। यदि सही मात्रामा कफी पिउने हो भने शरीरका लागि निकै फाइदाजनक हुन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार कफीले विभिन्न रोगको जोखिम कम गर्न मद्दत गर्छ । कफीमा गरिएको केही अध्ययनका अनुसार कफीलाई सही मात्रामा पिउने हो भने यसले गम्भीर रोगहरूमा फाइदा पुर्याउँछ। कफीमा एन्टिअक्सिडेन्ट र पोषक तत्त्वको उच्च मात्रा स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ। कफी पिउनाले धेरै गम्भीर रोगको जोखिम पनि कम गर्न सकिन्छ। यस्ता छन् सही मात्रामा कफी सेवन गर्दा हुने स्वास्थ्य लाभहरू।

मधुमेहका बिरामीका लागि कफी फाइदाजनक हुन्छ

२०१४ को एक अध्ययन अनुसार, कफी सेवनले मानिसहरूमा टाइप–२ मधुमेहको जोखिम कम गर्छ। अन्वेषकहरूले ४८,००० भन्दा बढी व्यक्तिहरूको तथ्याङ्क अध्ययन गरे र चार वर्षसम्म दैनिक कम्तीमा एक कप कफी पिउनेहरूलाई मधुमेहको जोखिम ११ प्रतिशतले कम भएको पत्ता लगाए। तर मधुमेहका बिरामीले चिकित्सकको सल्लाहमा मात्र कफी पिउनुपर्छ ।

कफीले कलेजोको क्यान्सरको जोखिम कम गर्छ

२०१९ को एक अध्ययनले कफीको सेवनले कलेजोको क्यान्सरको जोखिम कम गर्ने निष्कर्ष निकालेको छ। यसअघि सन् २०१५ मा अमेरिकाका अन्वेषकहरूले पनि दैनिक दुईदेखि तीन कप कफी पिउनाले हेपाटोसेलुलर कार्सिनोमा र क्रोनिक कलेजो रोगको जोखिम ३८ प्रतिशतले कम गर्न सक्ने पत्ता लगाएका थिए।

कफीले रक्तचाप नियन्त्रण गर्छ

कफीमा पाइने क्याफिनको सही मात्रामा सेवन गर्नु पनि फाइदाजनक हुन्छ । क्याफिनको सेवनले रक्तचाप र मुटुको स्वास्थ्यलाई फाइदा गर्छ। सन् २०१८ मा गरिएको एक अध्ययन अनुसार दिनमा तीनदेखि पाँच कप कफी पिउनाले हृदयाघातको जोखिम १५ प्रतिशतले कम गर्न सकिन्छ । शोधकर्ताहरूले भने कि दैनिक एक देखि चार कप कफी पिउने हृदय रोगको कारण मृत्यु दरमा कमी आउँछ।

कफीले बोसो घटाउन मद्दत गर्छ

क्याफिनले शरीरको बोसो घटाउँछ। आजकल क्याफिन बोसो जलाउने पूरकहरूमा पाइन्छ। मोटो व्यक्तिको बोसो घटाउन यो निकै प्रभावकारी हुन्छ ।

यो पनि…
यदि सुत्नुअघि दूध पिउनुहुन्छ भने होसियार हुनुहोस्
उल्टो हिँड्दा हुने फाइदा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।