ओझेलमा रहेका पर्यटकीय थलो पहिल्याउन अन्तरक्रिया
ओझेलमा रहेका पर्यटकीय थलो पहिल्याउन वि विल राइज फाउण्डेसनले पर्यटन प्रवर्द्धक (ट्राभल भ्लगर) हरूसँग अन्तरक्रिया गरेको छ । गोगंबुस्थित फाउण्डेसनको कार्यालयमा आइतबार आयोजित उक्त कार्यक्रममा देशका विभिन्न ठाउँमा भ्रमण गरेर नेपाल चिनाउन मद्दत गरेका पर्यटन प्रवर्द्धकहरूको सहभागिता थियो ।
चर्चित ट्राभल भ्लगर तथा डेस्टिनेसन एक्सप्लोर कुशल विष्टले यस भिडियो च्यालेञ्ज अवार्डका बारे आफू अत्यधिक उत्साहित रहेको बताए । ‘मलाई नेपालको ७७ वटै जिल्ला घुम्ने क्रममा नेपालीहरूले तपाई कुन ठाउँको भन्ने प्रश्नको जवाफ दिने बहाना मिलेको छ । उनले भने ‘अब यस भिडियो च्यालेञ्जमा सहभागी भई म जन्मे हुर्केको ठाउँबारे जानकारी दिनेछु । खासमा यस विधामा हाम्रालागि प्लेटफर्म नै छैन, सामाजिक सञ्जालमा राख्यो रमायो !’
नेपालबाट कति युवाहरूले आफूले यात्रा गर्दै गर्दा आन्तरिक र बाह्य पर्यटकहरू माझ पर्यटकीय गन्तव्यहरूको जानकारी गराइ रहेका छन् र नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याइरहेका छन् त्यस मध्ये म एक स्वयम उदाहरण हु।

फाउण्डेसनद्वारा आयोजित कार्यक्रमको समन्वयन समेत गरेकी सपना रोकाले कतिपय युवाले आफूले यात्रा गर्दै गर्दा पर्यटकहरू माझ पर्यटकीय गन्तव्यहरूको जानकारी गराइरहेको र त्यस मध्ये आफू पनि एक रहेको बताइन् । ‘पर्यटन क्षेत्रलाई मात्र व्यवस्थित गर्न सकियो भने आर्थिक रूपमा पनि सबल हुन सकिन्छ । कति युवाहरूले आफूले यात्राका क्रममा आन्तरिक र बाह्य पर्यटकहरू माँझ पर्यटकीय गन्तव्यहरूको जानकारी गराउन महत्वपूर्ण टेवा दिइरहेका छन् । त्यसमध्ये म एक स्वयम उदाहरण हु।’ उनले भनिन् ‘अब हामी त्यतिमा मात्र सीमित नभएर छलफल ,डिस्कसन, ब्यबसायिकता जस्ता कुरामा सरिक हुनुपर्छ।’ रोकाले सन् २०१९ मा पहिलोपटक आयोजित भिडियो प्रतियोगितामा उत्कृष्ट पाँचमा पर्दा आफू निकै उत्साहित भएको बताइन् । उनले ‘नोम्याड ड्रिम’ युट्युब च्यानल मार्फत ओझेलमा परेका पर्यटकीय थलोहरु उजागर गर्दै आएकी छन् ।

कोभिडका कारण धरायसी बनेको पर्यटन क्षेत्रलाई उकास्न पर्यटन प्रवद्धर्कहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै फाउण्डेसनका निर्देशक श्रेष्ठले सबैलाई सहयोगको अपिल गरे । ‘यो भिडियो च्यालेञ्जले देशको फरक र नयाँ पर्यटकीय सम्भावनालाई उजागर मात्र गर्ने छैन यसले ’ट्राभल एक्टिभिष्ट’ तथा ’ट्राभल भ्लगर’ मार्फत देशको आन्तरिक तथा बाह्य पर्यटनका साथै पर्यटन पूर्वाधार, कृषि, रोजगारी तथा त्यसैमा आधारित अन्य सम्भावनाहरूको व्यापकतामा पनि ठूलो योगदान दिनेछ ।’

मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज’ अवार्ड मात्र नभएर नेपालको आध्यात्मिक, सांस्कृतिक, जनजीविका, धार्मिक अथवा प्रकृतिलाई बुझेर कुनै न कुनै समयमा नेपाल भ्रमण गरेका पर्यटकहरूलाई पुनः भित्राउन समेत यसको व्यापकताले भूमिका खेल्नेछ ।

भिडियो च्यालेञ्जले पर्यटकहरूलाई पुनः नेपाल भित्राउन व्यापक भूमिका खेल्ने फाउण्डेसनका निर्देशक विकास रौनियारले बताए । उनले भने ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज’ अवार्ड मात्र नभएर नेपालको आध्यात्मिक, सांस्कृतिक, जनजीविका, धार्मिक अथवा प्रकृतिलाई बुझेर कुनै न कुनै समयमा नेपाल भ्रमण गरेका पर्यटकहरूलाई पुनः भित्राउन समेत यसको व्यापकताले भूमिका खेल्नेछ ।’

कार्यक्रममा उपस्थित विश्व चर्चित नेपाली अल्ट्रा धाविका मिरा राइले आफू सहभागी हुन नसके पनि आफूले चीने जानेका व्यक्तिलाई यसबारे जानकारी गराउने बताइन् । ‘मैले देखेको देश दुनियाँ म नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा छु । यस भिडियो च्यालेञ्जमा सहभागिताका लागि म आफै सामेल हुन नसके पनि अहिले मेरो आँखामा कैयन त्यस्ता गन्तव्यहरू झलझली आइहेका छन् ।’ उनले भनिन् ‘ सम्भावना भएर पनि ओझेलमा परेका मेरो जिल्ला भोजपुर तथा म पुगेका स्थानका साथीभाइहरूलाई यस भिडियो च्यालेञ्जमा सहभागिताका लागि कुराकानी गर्नेछु ।’

कार्यक्रममा सहभागी सबैले आ–आफ्नो ओझेलमा रहेको पर्यटकीय स्थलको बारेमा जानकारी गराएका थिए । त्यसका लागि पनि आफू भिडियो च्यालेन्जमा सहभागी हुने र अरूलाई पनि सहभागी हुन प्रोत्साहित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अन्तरक्रिया कार्यक्रममा बिवेक रेग्मी, जोया श्रेष्ठ, अनिल कटुवाल, फिलिप फ्रिम्यान, विष्णुकान्त घिमिरे, आषिश कोइराला, तोया हाङ राई, चन्द्र कुमार राई लगायतको उपस्थिति रहेको थियो ।
विभिन्न विधा गरी कूल २० लाख बढीको पुरस्कार राशि रहेको यस ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा मुख्य विजेताले सर्वाधिक ५ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।








यो पनि…
आजदेखि ७० दिनसम्म भिडियो पठाउन आह्वान
राइज मिडियाको दोस्रो पाइला