English

सेयर बजारमा लगातार पाँचौं कारोबार दिन गिरावट



सेयर बजार परिसूचक नेप्से लगातार पाँचौं कारोबार दिन घटेको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८ विन्दुमा आइपुगेको हो। 

यी पाँच दिनमा नेप्सेले ८९ अंक गुमाइसकेको छ। बजार यसअघिको न्युन विन्दु १८६४ भन्दा मात्रै ७४ अंकको दुरीमा छ। गत पुस सात गते नेप्से यो विन्दुमा थियो। 

पछिल्लो पाँच दिनदेखि बजारमा दैनिक कारोबार रकम समेत दुई अर्बभन्दा कम हुन थालेको छ। आइतबार भने एक अर्ब ३९ करोड रूपैयाँको कारोबार भयो। विहीबारको तुलनामा भने कारोबार रकम ४.५१ प्रतिशतले कम हो। विहीबार एक अर्ब ३३ करोड रूपैयाँको कारोबार भएको हो।

आइतबार कारोबार आएका २५९ सेयर तथा ऋणपत्रमध्ये ३४ वटाको मूल्य बढेको छ भने २१७ वटाको मूल्य घटेको छ। 
हिमालयन डिष्टिलरी, शिवम् सिमेन्टको सबैभन्दा धेरै रकमको कारोबार भइरहेको छ। 

सुपर मादी हाइड्राको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर २९ रूपैयाँले बढेर ३२८ पुगेको छ। सबैभन्दा धेरैले मूल्य घट्नेमा सामलिङ पावर रहेको छ। कम्पनीको मूल्य १० प्रतिशतले घटेर अन्तिम कारोबार ५१३ रूपैयाँमा भएको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०