English

मोलुङ हाइड्रोपावरको आइपिओ बाँडफाँट



मोलुङ हाइड्रोपावरको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि २२ लाख ६४ हजार पाँच सय ५५ कित्ता सेयर जारी गरेको थियो।

कम्पनीले जारी गरेको सेयरमा ६.८३ गुणा बढी आवेदन परेको थियो। १४ लाख १७ हजार आवेदकले एक करोड ५४ लाखभन्दा बढी कित्ताको माग गरेका थिए। आवेदकमध्ये दुई लाख २६ हजार चार सय ६५ लाई प्रतिव्यक्ति १० कित्ताको दरमा र पाँच भाग्यमानीलाई भने थप एक कित्ता सहित ११ कित्ताको दरमा सेयर बाँडफाँट गरिएको छ। 

कुल २७ लाख २८ हजार पाँच सय कित्ता सेयर जारी गरेको कम्पनीले दुई लाख ७२ हजार आठ सय ५० कित्ता सेयर वैदेशीक रोजगारीमा रहेकाहरूको लागि र अन्य बाँकी सर्वसाधारण सहित आयोजनाका कर्मचारी, सामूहिक लगानी कोषको लागि छुट्याएको थियो। सेयर बाँडफाँट सँगै कम्पनीको चुक्ता पुँजी ८० करोड २५ लाख रूपैयाँ पुगेको छ। 

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०