English

बिवाइडीका गाडी किन्न कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

२० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर बिवाइडीको गाडी खरिद गर्न सकिने


कुमारी बैंक र साइमेक्स इंक प्रालिबीच ग्राहकलाई बिवाइडीका इलेक्ट्रीक गाडी खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। बिवाइडीका इलेक्ट्रीक सवारी साधन किन्न चाहाने ग्राहकलाई कुमारी बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको हो ।

नेपालमा इभीको लोकप्रियता बढिरहेको र सोहीअनुसार आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले देशभरका शाखाबाट सहज रुपमा बिवाइडीका कार खरिदमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले नेपालका कुनै पनि बिवाइडी डिलरबाट इभी खरिद गर्दा कुमारी बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने र कर्जा आठ वर्ष अवधीसम्मको हुनेछ। यो भनेको बिवाइडीको गाडी खरिद गर्न इच्छुक ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकले बिवाइडी अट्टो-३ खरिद गर्न जम्मा १२ लाख ९८ हजार रुपैयाँ र अल न्यू ई-६ खरिद गर्न जम्मा ११ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ।

हाल बिवाइडीको अट्टो-३ को बजार मूल्य ६४ लाख ९० हजार रुपैयाँ र अल न्यू ई-६ को बजार मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ।

यो पनि…
ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’
ग्लोबल आइएमई बैंकद्वारा नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा सहयोग



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।