English

मनै लोभ्याउने मार्दी बेसक्याम्प (भिडियो पनि)



हात तान्यो भने छुन सकिएला झैँ गरी आँखा अगाडि उभिएका हिमशृंखला । फूलको थुँगा फक्रिए झैँ देखिने सूर्योदय । हिउँले छपक्कै छोपिएका सेता पहाड, हरिया वन जङ्गल, सुन्दर डाँडाकाँडा, बाटो वरिपरि ढकमक्क फूलेका लाली गुराँस । लोकल बस्तीहरू र स्थानीयले देखाउने आत्मीयता । यस्तो अवसर मार्दी हिमाल पदयात्रा गर्नेलाई मात्र प्राप्त हुन्छ ।

एउटै यात्राबाट कुमारी माछापुच्छ्रेसहित मार्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रा मार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण पछिल्लो समय बढेको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ मा रहेको मार्दी हिमाल सबैका लागि सहज हिमाली संसार हो । विश्वमै प्रख्यात पदमार्ग अन्नपूर्ण सर्किटभित्रको एक हो मार्दी हिमाल बेसक्याम्प रुट । हिउँले सजिएको मार्दी हिमालका दृश्यहरू निकै मनमोहक देखिन्छन् ।

भिडियो :

विभिन्न सङ्घसंस्था तथा समूहमा मिलेर पदयात्रा गर्नेको सङ्ख्यासमेत अहिले यहाँ उत्तिकै छ । केही वर्षअघि यहीँ सम्पन्न भएको अल्ट्रा म्याराथनको विश्वकपले समेत यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको छ । सडक यातायातको अहिलेसम्म पहुँच पुग्न नसकेकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । हालसम्म आरोहण खुला नभएको कुमारी माछापुच्छ्रेसँगको मार्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मार्दी हिमाल पदयात्रा मार्गको रूपमा विकास गरिएको छ ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पुग्न सकिन्छ । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मार्दी हिमाल आधार शिविर पुगिन्छ ।

अधिकांश पर्यटक मार्दी हिमाल बेसक्याम्प पुगेर, घलेल, क्यानोनिङ हुँदै चिया गाउँको रूपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् । यस पदयात्रा गर्न राजधानी काठमाडौँदेखि करिब एक हप्ताको समय छुट्याउनु पर्दछ ।

भिडियो :

यो पनि…
बाहुबली झरनाको उपमा ‘भांगे झरना’ (भिडियो पनि)
यात्रा खयर भारानीको (भिडियो पनि)

धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ताकमकोट (भिडियो पनि)
सुन्दर मच्छिम गाउँ (भिडियो पनि)



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested