English

२०–२९ वर्ष उमेर समूहमा कोरोना संक्रमणको दर उच्च



कोरोना संक्रमणको दोस्रो लहर युवायुवतीमा धेरै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकले विशेषगरी २० देखि २९ वर्ष उमेर समूहका मानिसहरु बढी संक्रमित भइरहेको देखाउँछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा केही दिन यता १९, २५ र २९ वर्षका मानिसहरु सिकिस्त अवस्थामा पुगेकोे अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला बताउँछन् । ‘युवाहरुमा कोरोना संक्रमणको दर बढीरहेको छ,’ उनले भने, ‘२० देखि २९ वर्ष उमेरसमूहका कोरोना संक्रमितलाई आइसीयू भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्था छ ।’

मन्त्रालयको वैशाख १ गतेदेखि १५ सम्मको तथ्यांक हेर्दा देशभर ७ हजार ६ सय ३७ जना युवायुवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ३० देखि ३९ वर्ष उमेरसमूहमा पनि कोरोनाको संक्रमण उत्तिकै बढेको पाइन्छ । तर, वृद्धवृद्धामा भने संक्रमणको दर घटेको छ ।

यसैगरी नवजात शिशु देखि ९ वर्ष सम्मका बालबालिमा पनि कोरोना संक्रमण उच्च रहेको छ । १५ दिन यताको तथ्यांकअनुसार देशभर ६ सय ९७ जना बालबालिकामा कोरोना संक्रमण भएको देखिन्छ ।

कोरोना संक्रमण दर बढेसँगै सरकारले आजबाट उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । साथै, अवस्था हेरी स्थानीय तहमा पनि निषेधाज्ञा वा लकडाउन गर्न आदेश दिएको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।