English

लन्डनमा नेपाली फिल्म फेस्टिभल (फोटो फिचर)



बेलायतको राजधानी लन्डनमा पहिलो पटक नेपाली फिल्म फेस्टिभल सुरु भएको छ । लन्डनमा १८ फेब्रुअरी शुक्रबारदेखि थर्ड आई टिमले पहिलो पटक नेपाली चलचित्र महोत्सव आयोजना गरेको हो ।

नेपाली फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली फिल्म फेस्टिभल–२०२३ आयोजना गरिएको हो । लेस्टर स्क्वायरको प्रतिष्ठित प्रिन्स चार्ल्स सिनेमामा भएको उक्त कार्यक्रममा लगभग २०० व्यक्तिहरूको उपस्थित रहेको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा ओजेश सिंहले थर्ड आई टिमको परिचय गराउनुको साथै नेपाली चलचित्रको इतिहास र सन् १९५१ मा सत्य हरिश्चन्द्रबाट कसरी सुरु भयो भन्ने विषयमा प्रकाश पारेका थिए । समारोहमा लाखे नाच पनि प्रस्तुत गरिएको थियो ।

महोत्सवको उद्घाटन दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘प्रकाश’ प्रदर्शनबाट भएको थियो। यस नेपाली फिल्म फेस्टिभलमा नेपालबाट करिब एक दर्जन कलाकारहरूको प्रस्तुति रहने थर्ड आईका टिमका निर्देशक विकास देवकोटाले बताएका छन् । उनका अनुसार महोत्सव समापन भएसँगै करिब आधा दर्जन हलमा रिलिज भइसकेका तर युट्युबमा प्रसारण नभएका फिल्महरू बेलायतको विभिन्न सहरहरूमा प्रदर्शन गरिने छ ।

कार्यक्रममा एक दर्जनभन्दा बढी नेपाली कलाकारको उपस्थिति हुनेछ । जसमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मा लगायत रहेका छन् । फेस्टिभल यही २५ फेब्रुअरीसम्म हुने र जीवन काँडाकी फूल, झिंगेदाउ, प्रेमगीत–३ लगायतका फिल्म प्रदर्शन गरिने देवकोटाले बताए ।

यो पनि…
एकैथलोमा कविताका तीन पुस्ता
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्