English

सेयर बजारमा दोहोरो अंकको गिरावट



साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २३.६० अंकले घटेको छ। आज नेप्से १.१४ प्रतिशतले घटेर २०४६.८१ बिन्दुमा बन्द भएको छ।

सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात् बिहीबार १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ पुगेको छ।

सोमबार २५८ वटा धितोपत्रको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको हो। सोमबार राप्ति हाइड्रोको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ३७६ रुपैयाँ २० पैसा पुगेको छ। यस्तै, दोर्दी खोला जलविद्युतको सेयर मूल्य ४.१७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१२ रुपैयाँ ५० पैसा पुगेको छ।

आज सर्वाधिक मूल्य घट्नेमा जीवन विकास लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.१५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २ हजार ४६३ रुपैयाँमा झरेको छ। यस्तै, उपकार लघुवित्तको सेयर मूल्य ७.४२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २ हजार १६० रुपैयाँ कायम भएको छ।

आज हिमालयन डिष्लिरीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २ हजार ३९० रुपैयाँमा २० करोड ८२ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.३१ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा साल्ट ट्रेडिङ कर्पोरेशन रहेकोे छ। उक्त कम्पनीको ४ हजार ४९४ रुपैयाँमा ११ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक ०.७९ र ०.४० प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.२० प्रतिशतले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०