निषेधाज्ञाका कारण सुनसान काठमाडौं (फोटो फिचर)
आजबाट जारी भएको निषेधाज्ञाका कारण काठमाडौं सुनसानमय छ । सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन भनेपछि काठमाडौं सुनसान बनेको हो ।

काठमाडौंको गोंगबु, नयाँ बसपार्क, माछापोखरी, बालाजु, बनस्थली, स्वयम्भू र कलंकीका क्षेत्र कोलाहल र भीडरहित देख्न सकिन्छ । सरकारको नियम पालना गराउन नेपाल प्रहरी सडकका मुख्य चोकचोकमा बसेका छन् ।

केही ठाउँमा भने मानिसहरु हिँडिरहेको देख्न सकिन्छ । अत्यावश्यक सवारीसाधन भने सडकमा गुडिरहेका छन् ।













