English

घट्यो सुन–चाँदीको मूल्य



नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला दुई सय रुपैयाँ नै घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



सम्बन्धित खबरहरु

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

Latest










Popular
Suggested