English

‘कसैप्रति हुने हार्दिकतायुक्त अनुराग नै माया हो’



नेपाली बृहत् शब्दकोश अनुसार ‘मोह–बस कसैप्रति हुने हार्दिकतायुक्त अनुराग नै माया हो ।’ ‘जीवनलाई बन्धनमा राख्ने मोहरुपी शक्ति नै माया हो ।’

‘वेदान्तका अनुसार सम्पूर्ण सृष्टि र प्रपञ्जको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति, लीला नै माया हो ।’

संसरमा यस्ता अमर प्रेमी छन् जो उपन्यासमा मात्रै सीमित भए पनि विश्वले अमर प्रेमीको रुपमा सम्मान गरेको छ । उदारहणका लागि–रोमियो जुलिएट, हीर–राँझा, लैला–मज्नु ,मुना–मदन । जो चोखोसाँचो मायाका अमर प्रेमीको प्रतिकका रुपमा विश्वभर प्रख्यात छन् ।

आजको दिन विशेष गरी ती व्यक्तिका लागि खास छ, जसले साँचो अनि चोखो प्रेम गरेको हुन्छ, जो व्यक्तिले एकतर्फीबाट मात्र माया गरेको हुन्छ ती व्यक्तिका लागि आजको दिन आफ्नो प्रेम प्रस्ताव राख्न अत्यन्त खास छ ।

‘आजको दिन विशेष गरी ती व्यक्तिका लागि खास छ, जसले साँचो अनि चोखो प्रेम गरेको हुन्छ, जो व्यक्तिले एकतर्फीबाट मात्र माया गरेको हुन्छ ती व्यक्तिका लागि आजको दिन आफ्नो प्रेम प्रस्ताव राख्न अत्यन्त खास छ ।’

आजको दिन विशेष रुपमा प्रेम पूजारी भ्यालेन्टाइनको सम्झनाको रुपमा मनाइन्छ ।

कुनै बेला इटलीको रोमनमा क्लाउडियस द्वीतिय नामक सम्राट्ले शासन गर्दथे । उनी अन्यन्त क्रुर, निरंकुश शासक थिए । उनी जवान युवाले विवाह गरेमा परिवार छाडेर युद्धमा जान तयार हुँदैनन् भन्ने सोच्दथे । जसकारण उनले युवालाई प्रेम, विवाह गर्न प्रतिबन्ध लगाएका थिए ।

भ्यालेन्टाइन सम्राटविरुद्धमा थिए, किनभने उनी प्रेममा विश्वास गर्दथे । माया प्रेम ईश्वरको वरदान हो, माया प्रेम गरे ईश्वर प्रसन्न हुन्छन् भन्ने धारण राख्दथेँ ।

प्रेम गर्नु पाप होइन ,प्रेम गर्नुपर्छ, प्रेम ईश्वरले दिएको वरदान हो, प्रेम गरे, ईश्वर प्रसन्न हुन्छन्’ भन्ने प्रेम पूजारी भ्यालेन्टाइनको सम्झनामा ‘भ्यालेन्टाइ डे ’ मनाउन थालिएको हो ।

उनले राज्यका युवायुवतीलाई प्रेम गर्नु पाप होइन प्रेम गर्नुपर्छ भनेर प्रेमको परिभाषा दिँदै प्रेम गर्न उत्प्रेरित गर्थे । त्यति मात्र नभएर उनले जवान युवायुवतीको जोडी बनाएर विवाहसमेत सम्पन्न गराएका थिए । त्यो देखेर क्लाउडियस द्वीतिय क्रोधित भएर मृत्युदण्ड दिने फैसला गरे ।

राज्यको नियमको उल्लंघन गरेको आरोपमा ईपू् २७० फेब्रुअरी १४ मा उनलाई मृत्युदण्ड दिइएको थियो । ‘प्रेम गर्नु पाप होइन ,प्रेम गर्नुपर्छ, प्रेम ईश्वरले दिएको वरदान हो, प्रेम गरे, ईश्वर प्रसन्न हुन्छन्’ भन्ने प्रेम पूजारी भ्यालेन्टाइनको सम्झनामा ‘भ्यालेन्टाइ डे ’ मनाउन थालिएको हो । उनलाई चिरञ्जिवी तुल्याए पनि सबै समक्ष अहिले पनि उनी अमर छन् ।

एक अर्कालाई मायाको चिनोको रुपमा विभिन्न उपहार दिएर आजको दिन विश्वभर उत्सवको रुपमा प्रेमीप्रेमीकाले उत्साहका साथ ‘भ्यालेन्टाइन डे’मनाउँछन् ।

यो पनि…
भ्यालेन्टाइन वीक किन रोज डेबाट मात्र सुरु हुन्छ ?
अँगालोले शब्दबिना भावना व्यक्त गर्दछ



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।