English

सेयर बजारमा पहिरो



साताको पहिलो दिन आज आइतबार सेयर बजार उच्च अंकले घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज ६०.७७ अंकले घटेर दुई हजार एक सय २१.८७ विन्दुमा झरेको छ ।

सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र उत्पादन समूहको सेयर उच्च अंकले ओरालो लागेको छ । दुई सय ५३ वटा कम्पनीका ८१ लाख ३९ हजार कित्ता सेयर तीन अर्ब चार करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १४ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, खानीखोला जलविद्युत्, ग्रीन लाइफ हाइड्रो, वरुण हाइड्रो र राधी जलविद्युत् कम्पनीको सेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आज खप्तड लघुवित्तको सेयर साढे चार प्रतिशत र साम्लिङ पावर कम्पनीको सेयर साढे तीन प्रतिशतले बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested