English

करिश्माले दिइन् डिल्लीराम खनालविरुद्ध उजुरी



अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानहानि हुने अभिव्यक्ति दिएको भन्दै डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले नेपाल प्रहरीको साइबर ब्युरोमा मंगलबार उजुरी दिएकी हुन् ।

खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाहीको माग गर्दै करिश्माले उजुरी दिएकी हुन् । करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन् ।

करिश्मा लेख्छिन् ‘उहाँ को हो ? यो अत्ति भयो । कलाकारलाई यस्तै भन्छन् भनेर सहेँ । हिजो साइबर ब्युरोमा निवेदन हालेको छु । हेरौँ नेपालको कानून कत्तिको बलियो रहेछ ।’

युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।

साथै उनले आफू हिन्दू भएको र लिभिङ टुगेदरमा विश्वास नै नगर्ने पनि सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

यो पनि
राजनीतिमा हाम्रा कलाकार
मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्