English

सेयर बजारमा गिरावट



बुधबार सेयर बजारमा गिरावट आएको छ। आज नेप्से परिसूचक ७.१३ अंकले घटेको छ। आज नेप्से ०.३३ प्रतिशतले घटेर २१७०.२१ बिन्दुमा बन्द भएको छ।

बुधबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँ पुगेको छ। बुधबार २५७ वटा धितोपत्रको १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच भएको हो।

बुधबार तेह्रथुम पावरको सेयर मूल्य सर्वाधिक ३.३२ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३६ रुपैयाँ पुगेको छ। यस्तै, धौलागिरी लघुवित्तको सेयर मूल्य ३.०८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ३४० रुपैयाँ पुगेको छ।

आज सर्वाधिक मूल्य घट्नेमा आदर्श लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य ५.१४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ४३५ रुपैयाँमा झरेको छ। यस्तै, पोखरा फाइनान्सको सेयर मूल्य ४.९८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४१८ रुपैयाँ कायम भएको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ८५२ रुपैयाँमा ११ करोड २८ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपी पावर रहेकोे छ। उक्त कम्पनीको २९७ रुपैयाँ १० पैसामा १० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.५० प्रतिशत र व्यापार समूहको परिसूचक ०.०५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

आज वित्त समूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशतले घटेको छ। त्यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक १.४८ प्रतिशत र जलविद्युत समूहको परिसूचक १ प्रतिशतले घटेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

Latest










Popular
Suggested