English

फोटो काठमाण्डौद्वारा ‘विशिष्ट सम्मान’का लागि आवेदन खुला



फोटो काठमाण्डौले आयोजना गर्ने ‘विशिष्ट सम्मान’ को चौथो संस्करणका लागि मनोनयन दर्ता गर्न आवेदन फारम खोलेको छ । नेपाली फोटोग्राफीलाई विशिष्ट योगदान पुराएको व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले उक्त आवेदन फारम खोलेको फोटो काठमाण्डौका लर्निङ्ग प्रोग्राम कोर्डिनेटर सागर क्षेत्रीले बताए ।

आवेदन फारममा जो कोहीले आफूले चिने जानेको फोटोग्राफर वा फोटोग्राफर नभए पनि नेपाली फोटोग्राफीमा योगदान पुराएका तीन जना व्यक्तिको नाम प्रस्ताव गर्न सक्ने क्षेत्री बताउँछन् । उनी भन्छन् ‘फारममा आफूले प्रस्ताव गर्न चाहेको व्यक्तिको नाम र नेपाली फोटोग्राफीको क्षेत्रमा वहाँले पुर्याउनु भएको योगदान उल्लेख गर्नुपर्छ ।’

मनोनयन दर्ता भएका मध्येबाट तीन जना जूरी सदस्यको विभिन्न चरणको छलफलबाट स्रष्टा छनोट गरिने क्षेत्रीले जानकारी दिए । मनोनयन फारम २७ माघ २०७९, शुक्रबार सम्म पठाइसक्नु पर्नेछ ।

सन् २००७ मा स्थापना भएको फोटो.सर्कलले विगत १६ वर्षदेखि फोटोग्राफी सम्बन्धी विभिन्न कार्यक्रमहरू गरेर शिक्षाको क्षेत्रमा प्रदर्शनी, प्रस्तुतीकरण, फोटो सम्बन्धी विभिन्न प्रकाशनहरू निकालेर काम गर्दै आएको छ । यस संस्थाले गत सात वर्ष अर्थात् २०१५ देखि अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव ‘फोटो काठमाण्डौ’ सुरु गरेको हो । पहिलो संस्करणमा मणि लामा, दोस्रो संस्करणमा श्रीधरलाल मानन्धर र किरण श्रेष्ठ, तेस्रो संस्करणमा बङ्गलादेशी नागरिक डाक्टर शाहिदुल आलम सम्मानित भएका थिए ।

यस संस्करणका लागि विकास रौनियार, श्रुति श्रेष्ठ र देवेन्द्रमान सिंह जूरी सदस्यमा छानिएका छन् । फोटो.सर्कल अन्तर्गत ‘फोटो काठमाण्डौले लामो समयदेखि नेपाली फोटोग्राफी र फोटो पत्रकारितामा योगदान पुराएका व्यक्तिहरूबाट जूरी छनोट गर्दछ ।

रौनियार कान्तिपुर पब्लिकेसनमा २० वर्षदेखि फोटो सम्पादकको रूपमा काम गरेका नेपाली फोटो पत्रकार हुन्। उनका तस्बिरहरू द न्यु योर्क टाइम्स, एलए टाइम्स, सन्डे टाइम्स र आउटलुक लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चित्रित भएका छन्। उनले सन् २००७–०८ मा नेशनल फोरम अफ फोटो जर्नालिस्ट (एन एफ पी जे) को अध्यक्षको रूपमा पनि काम गरेका थिए भने, श्रेष्ठ कान्तिपुर पब्लिकेसन र रोयटर्स न्युज एजेन्सी जस्ता मिडिया हाउसमा १६ वर्षभन्दा बढी समयदेखि काम गरिसकेकी छिन्। हाल उनी फोटो जर्नलिस्ट क्लब नेपालकी अध्यक्षको रूपमा कार्यरत छिन् । त्यस्तै, सिंह एक प्रख्यात नेपाली फोटो पत्रकार हुन्। उनी सन् १९८० देखि २००७ सम्म एजेन्सी फ्रान्स–प्रेस (एएफपी) का काठमाडौँस्थित फोटो संवाददाताका रूपमा आबद्ध थिए।

मनोनयन दर्ता गर्न यहाँ क्लीक गर्नुहोस्

यो पनि…
विकास रौनियार : बदलिएको तस्बिर



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।