English

देशभर ४,८९७ जनालाई कोरोना संक्रमण, काठमाडौं उपत्यकामै २ हजार भन्दा धेरै



नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट गत २४ घण्टामा गरिएको १३ हजार ८ सय ८९ जनाको नमूनाको पीसीआर परीक्षणमा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या ३ हजार २११ पुगेको छ । गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७७४ र एन्टीजन विधिबाट १ सय २३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज काठमाडौं उपत्यकामा, भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौंमा १ हजार ४६४ गरी २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । देशभर अहिले ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।

गत २४ घण्टामा ७ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले संस्थागत आइसोलेशनमा २ हजार ३६४ होम आइसोलेशनमा २७ हजार ८ सय ४५ जना रहेका छन् ।

त्यस्तै ३१७ जना आइसीयूमा रहेका छन् भने ९८ जनाको भेन्टिलेटरमा रहेका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ रहेको छ ।

गत सोमवारदेखि आजसम्म नेपालमा ४० हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा १२ हजार ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ७०६ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार