English

सेयर बजारमा उच्च अंकको गिरावट



१८ दिनपछि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। सोमबार नेप्से परिसूचक एकै दिन ४१.०१ अंकले घटेर बजार बन्द हुँदा २१२७ मा आइपुगेको छ।

घटेर बजार बन्द भएपनि कारोबार रकममा भने वृद्धि देखिएको छ। अघिल्लो दिन तीन अर्ब एक करोड रूपैयाँको कारोबार भएकोमा तीन अर्ब ३० करोड रूपैयाँको कारोबार भएको हो।

आज दुई सय ५६ वटा धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा १७ वटाको मूल्य बढेको दुई सय ३२ वटाको मूल्य भने घटेर किनबेच भएको छ।

युनाइटेड इडी मार्दी हाइड्रोपावर र स्वेत गंगा हाइड्रोपावरको सबैभन्दा धेरैले मूल्य घटेको छ। यी दुवै कम्पनीको क्रमशः ७.१४ प्रतिशत र ६.७१ प्रतिशतको दरमा मूल्य घटेर कारोबार भएको छ।

आज सूर्य ज्योति लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १७ करोड ६५ लाख रूपैयाँको सेयर कारोबार भएको छ। सूर्या र ज्योति लाइफबीचको मर्जरपछि नयाँ नामबाट कारोबार भएयता कम्पनीको मूल्य लगातार बढिरहेको छ। यसदिन कारोबारमा आएको सबै समूहगत परिसूचक घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested