English

बढ्यो सुनको मूल्य



साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबारको छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबारको तुलनामा आज चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



सम्बन्धित खबरहरु

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

Latest










Popular
Suggested