English

नागरिकता मुद्दामा रवि लामिछानेको विपक्षमा फैसला



सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो। यो फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ।

लामिछानेले अमेरिकी नागरिकता लिएको र नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनी कानुनसम्मत रूपमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन योग्य नरहेको अदालतको ठहर छ। लामिछाने मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

सर्वोच्चले उनी सांसद हुन अयोग्य रहेको फैसला सुनाएसँगै अब उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने भएको छ।

यो पनि…
रविको राजनीतिक रङ
रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा