English

बिहीबार सेयर बजार स्थिर



साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार स्थिर रहेको छ। गत कारोबार दिन २१८३ बिन्दुमा पुगेर बन्द भएको सेयर बजार आज पनि सोही बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँमा सीमित भएको छ।

आज २५४ वटा धितोपत्रको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच भएको हो। बिहीबार लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त र बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। यस दिन उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ४२० रुपैयाँ २० पैसा, एक हजार १९७ रुपैयाँ ९० पैसा र ४८६ रुपैयाँ २० पैसा पुगेको छ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा समृद्धि फाइनान्स रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ७.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३४५ रुपैयाँ कायम भएको छ। यस्तै, सप्तकोशी डेभलपमेण्टको सेयर मूल्य ४।५० प्रतिशतले घटेर प्रति कित्ता मूल्य २६९.३० रुपैयाँमा झरेको छ।

बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री समृद्धि फाइनान्सको भएको छ। यस दिन उक्त कम्पनीको ३४५ रुपैयाँमा ९ करोड ७० लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेकोे छ। उक्त कम्पनीको ५६८ रुपैयाँमा ८ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक घटेको छ भने बाँकी ६ समूहको परिसूचक बढेको छ। यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशतले घटेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested