English

यसकारण नेपालले सम्झिरहने छ फादर मिलर



फादर क्यास्पर जे मिलर, २५ बर्षको उमेरमा (सन् १९५८) नेपाल आएका थिए । ६५ बर्ष सम्म नेपाललाई आफ्नो कर्मथलो बनाएर यिनले शिक्षाविद, लेखक, काउन्सिलर, पियानोवादक लगायत भूमिकामा योगदान दिए । उनै मिलरको नब्बे बर्षको उमेरमा माघ १ गते आइतबार देहावसान भयो । राजधानीको टेकु दोभानमा सोमबार हिन्दु परम्परा अनुसार चितामा राखी अग्नि अर्पण गरी उनको अन्त्येष्टि गरियो । त्यसअघि उनको पार्थिव शरिर अन्तिम दर्शनका लागि जावालाखेल सेन्ट जेवियर स्कूलस्थित निवासमा राखिएको थियो । जहाँ उनका विद्यार्थी एवं शुभेच्छुकहरु पुगेका थिए । विशेष पूजा, प्रार्थना पश्चात उनका पार्थिव शरिर टेकुमा अन्त्येष्टि गरिएको थियो ।

फादर मिलर सन् १९६७ देखि १९७५ का बिच दुइपटक सेन्ट जेभियर गोदावरी र जावलाखेलमा प्राध्यापकका रुपमा कार्यरत थिए । उनी त्रिभुवन विश्वविद्यालयबाट मानव विज्ञान (अन्थ्रोपोलोजी) मा विद्यावारिधि गर्ने सम्भवतः पहिलो व्यक्ति थिए । उनले फेथ हिलर्स ईन हिमालयाज, डिसिजन मेकिङ इन द विलेज नेपाल, टु योरसेल्फ बि टु लगायका पुस्तकहरु लेखेका थिए । उनको देहावसानपछि नेपालले शिक्षा छेत्रमा अतुलनीय योगदान पु¥याएको व्यक्ति गुमाएको छ ।

तस्विरहरु : विकास रौनियार
(फोटो पत्रकार रौनियार उनका विद्यार्थी हुन्)

याे पनि…
कुञ्ज थिएटरमा सुनिल पोखरेलको गच्छामी
विकास रौनियार : बदलिएको तस्बिर
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।