English

एकैथलोमा कविताका तीन पुस्ता



कविहरुका तीनै पुस्तालाई एउटै मञ्चमा विरलै हेर्न सुन्न पाइन्छ । तर गत शनिबार काठमाण्डौंस्थित सर्वनाम थिएटरमा आयोजित समारोह कवितामा तीन पुस्ताले यो महत्वपूर्ण अवसर जुराइदिएको थियो । तीन पुस्ते वाचक थिए विश्वविमोहन श्रेष्ठ, अनिता लामा र मौन आवाज । ‘केही समय कविताका लागि बाँचौँ’ भन्ने नारासहित सुरु भएको कवितामा तीन पुस्ताको यो श्रृंखला हरेक दुई महिनामा एकपटक हुने गर्छ । यसअघि यस्ता श्रृङ्खला दुईपटक आयोजित भइसकेका छन् ।

पछिल्लोसमय काठमाडौंमा कविता सुनिन छाडिएको र एक पुस्ता अर्को पुस्तासम्म पुग्न नसकेको अवस्थामा कविता र कविलाई सँगसँगै डो¥याउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना थालिएको संयोजक बाबु त्रिपाठीले बताए । यसलाई दर्शकले आफ्नै श्रृङ्खला सम्झेर सुनिदिन पनि उनको आग्रह थियो ।

यसको पहिलो श्रृङ्खलामा कवि दिनेश अधिकारी, श्रवण मुकारुङ र रञ्जना निरौलाले कविता बाचन गरेका थिए । दोस्रोमा कवि स्नेह सायमी, ज्योति जङ्गल र हेमन्त शिशिरको प्रस्तुति रहेको थियो भने पछिल्लोमा कवि श्रेष्ठ, लामा र मौन आवाजले कविता बाचन गरेका हुन् ।




सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested