English

धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताले सम्पन्न धारापानी (भिडियो पनि)



म्याग्दी जिल्लाको धारापानी गाउँ निकै सुन्दर छ । धौलागिरि हिमालको काख, मालिका देवताको छत्रछायामा रहेको यस गाउँ पर्यटकीय स्थल पनि हो । यहाँको जनसङ्ख्या करिब दुई हजार देखि २५०० सम्म छ । यहाँ ३६० घरधुरी रहेका छन् ।

यहाँ क्षेत्री, ब्राह्मण, मगर तथा दलित समुदायको बसोबास छ । थापा राजाले ताकम कोटमा तीन सय वर्ष लामो राज्य गरेका थिए । त्यही सिलसिलामा यस गाउँमा धेरै थापा क्षेत्रीको बस्ती बसेको भन्ने भनाइ छ । यहाँ निशान कालिका थान थापा मन्दिर, भगवती थान, शिव मन्दिर, कमलजैशी थान, बगराज थानलगायत थुप्रै धार्मिक स्थलहरू रहेका छन् । टाढा टाढाबाट पनि त्यहाँ पूजा गर्न आउँछन् ।

धारापानीबाट गुर्जा हिमाल, चुरे, धौलागिरि लगायतका हिमाल आँखै अगाडी देखिन्छन् । त्यही बाटो भएर धौलागिरि बेसक्याम्प पनि पुगिन्छ । त्यहाँबाट बिम, मल्कबाङ, मराङ, खिबाङ लगायतका आधा दर्जनभन्दा बढी गाउँहरू अवलोकन गर्न सकिन्छ । यहाँ अल्लोको कपडाहरू पनि उत्पादन गरिन्छ । यहाँका प्राय युवायुवती अमेरिका, न्युजिल्यान्ड, जापान, युके लगायतका देशमा छन् ।

प्राकृतिक रूपले अत्यन्तै सुन्दर यस गाउँमा १३० देखि २०० वर्ष पुरानो घरहरू भेटिन्छन् । भविष्यमा पनि त्यस्तै टिपिकल घर निर्माण गर्ने र त्यसलाई संरक्षण गर्ने यहाँका स्थानीयहरू बताउँछन् ।

धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र आत्मीयताले भरिपूर्ण यस ठाउँमा राजधानी काठमाडौँबाट सदरमुकाम बेनी, दरबाङ्ग हुँदै करिब १२ घण्टाको यात्रामा धारापानी गाउँ पुगिन्छ ।

भिडियो :

यो पनि…
यात्रा खयर भारानीको (भिडियो पनि)
स्तरीय समय बिताउने ठाउँ ‘चन्द्रागिरि हिल्स’ (फोटो फिचर)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।