English

कुञ्ज थिएटरमा सुनिल पोखरेलको गच्छामी



प्रख्यात निर्देशक सुनिल पोखरेल केहि समय पश्चात फेरी आफ्नो परिकल्पना र निर्देशनमा नाटक “गच्छामी” लिएर कुञ्ज थिएटर फर्केका छन् । लेखक पुण्य प्रसाद गौतमद्वारा लिखित पुस्तक “गौतम बुद्ध” मा आधारित यस नाटकको सह-निर्देशन बिरेन्द्र हमालले गरेका हुन् । लुम्बिनीमा जन्मेका शाक्य राजकुमार सिद्धार्थ गौतम कपिलवस्तु दरबार र राजकाज छोडेर गएको र बोधगयामा बुद्धत्व प्राप्त गरे पश्चात कपिलवस्तु, लुम्बिनी फर्किए सम्मको कथा बस्तु नाटकमा प्रस्तुत गरिएको छ ।

गुरुकुलको प्रस्तुति गच्छामीमा सुनिता बजगाई, राज न्यौपाने , सुबास तिमिल्सिना, राजेन्द्र कट्टेल , सौजन लिम्बु लगायतको अभिनय कलाले नाटकलाई जिवन्त बनाएको छ ।

अभिनय, संगीत र प्रकाशको उत्कृष्ट संयोजनले करिब एक घन्टा लामो नाटक निकै रोचक महसुस हुन्छ । यस नाटकको अन्तिम प्रस्तुति शनिबार पौष २३ गते राजधानीको कुञ्ज थिएटरमा हुनेछ ।

तस्विरहरु : विकास रौनियार

याे पनि…
विकास रौनियार : बदलिएको तस्बिर
यस्तो थियो लौहपुरुष गणेशमान सिंहको लाइफस्टाइल
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested