English

भान्सामा जलेका भाँडाहरू चम्काउन अपनाउनुहोस् यी टिप्स



सबै जना आफ्नो भान्साको भाँडा सधैँ चम्किलो बनाउन चाहन्छन्। कालो, बाङ्गो र फुटेको भाँडाकुँडा कसैलाई मन पर्दैन । धेरै पटक चर्को आगोमा खाना पकाउँदा भाँडाकुँडा कालो हुने, कहिलेकाहीँ अन्य काममा व्यस्त हुँदा भाँडाकुँडा ग्यासमा जल्ने गरेको पाइन्छ । यी भाँडाहरूलाई चमकमा फर्काउनु सजिलो काम होइन। तर अब तपाईँलाई चिन्ता लिनु पर्दैन, आज हामी तपाईँलाई केही घरेलु सामानहरू प्रयोग गरेर भाँडा पालिस गर्ने टिप्स दिनेछौँ, जसलाई अपनाएर तपाईँले आफ्नो भान्साको सौन्दर्यलाई दोब्बर बनाउनुहुनेछ।

बेकिङ सोडा

बेकिङ सोडा जलेको भाँडालाई पालिस गर्न पनि प्रभावकारी हुन्छ। जलेको भाँडोमा एक चम्चा बेकिङ सोडा, दुई चम्चा कागतीको रस र दुई कप तातो पानी हाल्नुहोस्। अब भाँडालाई स्टिल स्क्रबरले राम्ररी स्क्रब गर्नुहोस्।

नुन

जलेको भाँडोमा नुन र पानी हालेर करिब चार मिनेटसम्म उमाल्नुहोस्। त्यसपछि भाँडा धुने स्क्रबर वा ब्रसले दागलाई स्क्रब गर्नुहोस्। यसो गर्दा जलेको दाग हट्छ।

गोलभेँडाको रस

टमाटरको रस जलेको भाँडा सफा गर्न धेरै प्रभावकारी छ। जलेको भाँडामा टमाटरको रस र पानी मिलाएर तताउनुहोस् र यसलाई सफा गर्नुहोस्।

प्याज

प्याजको टुक्रा लिनुहोस् र यसलाई जलेको भाँडोमा राख्नुहोस्, त्यस भाँडामा पानी हालेर उमाल्नुहोस्। यस पछि, भाँडाको कालो आफैँ गायब हुनेछ।

कागती

एउटा ठूलो काँचो कागती लिनुहोस्। भाँडाको जलेको भागमा लगाउनुहोस्। त्यसपछि एउटै भाँडामा तीन कप पानी हालेर तताउनुहोस्। भाँडाको जलेको भागलाई ब्रसले राम्ररी सफा गर्नुहोस्। यसले तपाईँको जलेको भाँडोलाई उज्यालो बनाउनेछ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।