English

सेयर बजार २१ सय बिन्दुमाथि



बुधबार सेयर बजार ६४.७८ अंकले बढेर २१२५.८४ बिन्दुमा पुगेको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ।

गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ पुगेको छ। आज २५८ वटा धितोपत्रको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ।

बुधबार नौ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त र कालिका पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा नेपाल एसबिआइ बैंक डिबेञ्चर २०८६ रहेको छ। उक्त डिबेञ्चरको मूल्य १.९९ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य ८९९ रुपैयाँ ७० पैसामा झरेको छ।

सोमबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ। आज उक्त कम्पनीको २ हजार ७७० रुपैयाँ ६० पैसामा ११ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सानिमा माई हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको ३२९ रुपैयाँमा १० करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज व्यापार समूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशतले बढेको छ। त्यस्तै, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक ५ प्रतिशतभन्दा धरैले बढेको छ।

यसैगरी, विकास बैंक, वित्त र जलविद्युत समूहको परिसूचक ४ प्रतिशतभन्दा धरैले बढेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested