English

यी ५ फलफूल र तरकारी, जसले बुढ्यौली रोक्छ



हामी के खाम्छौँ र कसरी खाम्छौँ, यसको प्रभाव हाम्रो छालामा देखिन्छ। यदि हाम्रो आहारमा एन्टिअक्सिडेन्ट, स्वस्थ बोसो, पानी र आवश्यक पोषक तत्त्वहरू छन् भने हाम्रो छालाले पनि स्वतन्त्र रूपमा सास फेर्न सक्नेछ। विज्ञहरूका अनुसार शरीर भित्र कुनै किसिमको समस्या भएमा यसको असर छालामा उमेर बढ्दै जाँदा देखिन थाल्छ । लोसन, क्रिम, मास्क र सीरम जस्ता महँगो उत्पादनहरू सतहमा मात्र काम गर्छन् जबकि हामीले छालालाई भित्रबाट स्वस्थ राख्न आवश्यक छ। विज्ञहरूका अनुसार छालाको चाउरी पना र बुढ्यौलीका लक्षणहरूसँग लड्न आहारमा फलफूल र तरकारीहरू समावेश गर्नुपर्छ। यी फलफूल र तरकारीहरू बेस्ट एन्टी एजिङ फ्रुट्स एण्ड भेजिटेबल हुन् ।

मेवा

एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सले भरिपूर्ण मेवा छालाको लागि वरदान हो। यसबाट एन्टी एजिङजस्ता समस्याहरू हटाउन सकिन्छ। यसमा भिटामिन ए, सी, के, ई, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, फस्फोरस पनि पाइन्छ। यसमा प्यापेन नामक इन्जाइम हुन्छ जसले प्राकृतिक एन्टी–इन्फ्लेमेटरी एजेन्टको रूपमा काम गर्छ। तपाईँ मेवा खान पनि सक्नुहुन्छ र फेस मास्कको रूपमा प्रयोग गर्न सक्नुहुन्छ।

सखरखण्ड

सखरखण्डमा बिटा क्यारोटिन नामक एन्टिअक्सिडेन्ट हुन्छ । जुन भिटामिन ए मा परिणत हुन्छ । भिटामिन ए ले छालालाई मर्मत गर्न र यसलाई चिल्लो र नरम राख्न मद्दत गर्दछ। यसमा भिटामिन ई र सी पनि प्रशस्त हुन्छ । बिहानको खाजामा सखरखण्ड खान सकिन्छ ।

पालक

सुपर हाइड्रेटिंग र एन्टिअक्सिडेन्टले भरिएको, पालकका धेरै फाइदाहरू छन्। यसले सम्पूर्ण शरीरलाई अक्सिजन दिने काम पनि गर्छ । यसमा भिटामिन ए, सी, ई र केसँगै म्याग्नेसियम, आइरन पनि पाइन्छ। पालकले छालाको फाइन लाइनहरू कम गर्न मद्दत गर्दछ।

ब्रोकाउली

ब्रोकाउली एन्टी एजिङ पावर हाउस हो। भिटामिन सी र केसँगै यसमा फोलेट, ल्युटिन, क्याल्सियम र कोलाजेन प्रशस्त मात्रामा पाइन्छ। ब्रेकफास्टमा ब्रोकाउलीबाट बनेको डिश वा यसलाई सलादको रूपमा काँचो पनि खान सकिन्छ। ब्रोकाउली छालाका लागि मात्र नभई सम्पूर्ण शरीरका लागि स्वास्थ्यकर हुन्छ ।

ड्राई फ्रुट्स

ड्राई फ्रुट्समा भिटामिन ई प्रचुर मात्रामा पाइन्छ । जसले छालाको कोशिकालाई मर्मत गर्न मद्दत गर्छ । यसले छालाको आर्द्रता कायम राख्छ। साथै, छाला हानिकारक पराबैंगनी किरणहरूबाट सुरक्षित गर्छ। आहारमा नट समावेश गर्ने प्रयास गर्नुहोस्। चाउरी पना, फाइन लाइन्स र नीरसपनबाट मुक्त हुँदा मात्र छाला सुन्दर देखिन्छ। उल्लेखित तरकारी र फलफूलको सेवनले यी सबै समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यो पनि…
जाडोमा फेसियल गर्दा यी कुरा ध्यान दिनुहोस्
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।