English

सेयर बजारमा सामान्य गिरावट



मंगलबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएको छ । मंगलबार ०.१५ प्रतिशतले सेयर बजार घटेको हो ।

सेयर बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ किता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ ।

हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै एनआईसी एसिया बैंकको ९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । स्वेत गंगा हाइड्रोपावर र धौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । खप्तड लघुवित्त र अजोड बिमाको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो ।

कुल १०७ कम्पनीमा उकालो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहेको छ । १३ उपसूचकहरूमध्ये ४ कम्पनी उकालो लागेको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested