English

धनाढ्य मुकेश अम्बानीको सफलताको ९ सूत्र



संसारमा धनी बन्न नचाहने को होला र ? तर चाहना राख्दा राख्दै पनि केही व्यक्तिले मात्र आफ्नो सपना पुरा गर्छन् । मुकेश अम्बानी भारतका सबैभन्दा धनाढ्य व्यक्ति हुन् । उनी आइपिएल टीम मुम्बईका मालिकसमेत हुन् ।

सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने अम्बानी भारतमा थुप्रै युवाहरूको प्रेरणाका स्रोत हुन् । उनको जीवनको सफलताका केही सूत्र यस प्रकार छन् ।

१. मुकेश अम्बानी आफ्ना बुबा धीरुभाई अम्बानीलाई गुरु मान्छन् । पैसाको पछाडी कुद्दैमा कोही सफल व्यवसायी बन्न सक्दैन भन्ने मान्यता धीरुभाई राख्थे । मुकेश यसैमा विश्वास गर्छन् ।
२. ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ । उनी पनि यस्तै गर्छन् । उनी ठूलो सपना मात्रै देख्दैनन्, त्यसलाई पूरा नगरेसम्म आरामले निदाउन समेत सक्दैनन् ।
३. उनी प्रायः मिडियाबाट टाढै रहन्छन् । किनकी उनलाई लाग्छ, जब काम देखिन्छ, तब कसैले केही बोल्न आवश्यक हुँदैन । रेभिन्यूले आफै बताउँछ ।
४. उनी व्यवसायमा मात्रै होइन, आफ्नो सौखका लागि पनि पर्याप्त समय खर्च गर्छन् । मानिसले आफ्नो मनले मागेका कुरा पूरा गर्नुपर्ने उनको भनाई छ ।
५.कामको कुरा आएपछि मुकेश आफ्नै अनुभवलाई ठूलो मान्छन् । उनले जीवनमा थुप्रै समस्या व्यहोरेका छन् । यसकारण उनी भन्छन्, आफैलाई विश्वास गर र हरेक परिस्थितिका लागि तयार होऊ ।
६. जुवाडे र साहसी व्यक्तिका अनुभव उस्तै हुन सक्छन् । तर यी दुई बीचमा केही फरक छ । मुकेश आफूलाई साहसी व्यक्ति मान्छन् र हरेक चुनौती सामना गर्न तयार हुन्छन् ।
७ दौडको बीचमा आराम गर्नेलाई सफलता प्राप्त हुँदैन । त्यसैले प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खिएकै कारण सफलताको भोक आफैमा हुनुपर्ने मुकेशको ठम्याई छ ।
८. मुकेश टीमका हरेक व्यक्तिसँग साथमा हुन्छन् र उनी व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्छन् ।
९. व्यापारको प्रवर्द्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ । यदि तपाईंको उत्पादनभन्दा राम्रो उत्पादन बजारमा छ भने तपाईंले आफ्नो क्षमता बढाउनु आवश्यक छ । त्यसपछि मात्रै प्रतिस्पर्धामा उत्रनुपर्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार