यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैंकका विनिमय दर अनुसार आज (शुक्रबार) अमेरिकी डलरको भाउ घट्दा अष्ट्रेलियन डलरको भाउ बढेको छ।
आज अमेरिकी एक डलरको खरिद दर १३२ रूपैयाँ १३ पैसा रहेको छ । बिक्री दर भने १३२.७३ रूपैयाँ रहेको छ। यो हिजो बिहिबारको तुलानमा केही कमि हो।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४०.७४ रुपैयाँ रहेको छ । बिक्री दर भने १४१.३८ रुपैयाँ रहेको छ। बिहिबारको तुलनामा युरोको मूल्य आज केही बढेको हो।
यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ८९ रूपैयाँ ६ पैसा र बिक्री दर ८९ रूपैयाँ ४७ पैसा रहेको छ। यो पनि बिहिबारको तुलनामा केही बढी हो।
यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१३ रुपैयाँ रहँदा बिक्री दर ३५.२९ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २९.८६ रुपैयाँ रहँदा बिक्री दर ३० रुपैयाँ रहेको छ।
कतारी रियाल १ को खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३२ पैसा रहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात