English

छाला सुख्खा हुने समस्या छ भने यो तेल प्रयोग गर्नुहोस्



चिसो मौसममा प्रायः मानिसको छाला सुख्खा हुने समस्या बढ्छ । चिसो हावाले छालालाई अझ सुक्खा र निर्जीव बनाउँछ। सुख्खा छालाको लागि जैतुनको तेल प्रयोग गर्न सकिन्छ ।

जाडो मौसमले गर्मीबाट राहत दिँदा छालासँग सम्बन्धित धेरै समस्या पनि बढाउँछ । चिसो मौसममा प्रायः मानिसको छाला सुख्खा हुने समस्या बढ्छ । चिसो हावाले छालालाई अझ सुक्खा र निर्जीव बनाउँछ। छाला सुख्खा हुनबाट जोगिन मानिसहरू अनुहार र शरीरका अन्य भागमा क्रिम, मोइस्चराइजर र नरिवल, तोरी, बदामको तेल पनि लगाउने गर्छन् ।

यदि तपाईँलाई यी तेल, एलर्जीको कुनै पनि प्रकारको समस्या छ भने सुख्खा छालाबाट छुटकारा पाउन जैतुनको तेल लगाउन सक्नुहुन्छ। जैतुनको तेलले छालाको सुख्खापन मात्र हटाउँदैन छालालाई पोषण पनि गर्छ। छाला स्वस्थ देखिन्छ।

जाडोमा जैतुनको तेल कसरी प्रयोग गर्ने ?

यदि तपाईँको छाला धेरै सुख्खा छ भने, राती सुत्नु अघि आफ्नो अनुहार धुनुहोस्। त्यसपछि जैतुनको तेलले अनुहार, हात र खुट्टामा मालिस गर्नुहोस्। यसले छालालाई नरम बनाउँछ। छालाले पोषण पाउनेछ । जैतुनको तेलमा भिटामिन ए, डी, ई, के आदि जस्ता धेरै प्रकारका भिटामिनहरू पाइन्छ। यी सबै भिटामिनहरूले छालालाई पोषण र नमी प्रदान गर्दछ।

छालाको सुख्खापन हट्छ । राति सुत्नुअघि यदि तपाईँ चाहनुहुन्छ भने अलिकति तोरीको तेलमा जैतुनको तेल मिसाएर पनि प्रयोग गर्न सक्नुहुन्छ। यसले छालालाई मोइस्चराइज गर्छ।

जाडोमा जैतुनको तेल छालामा लगाउनाले छालाको मृत कोशिकाहरू हट्छ। यसले छालाको सुख्खापन हटाउँछ। यो तेल लगाउनाले छाला नरम, चम्किलो देखिन सक्छ। जैतुनको तेलमा एन्टिब्याक्टेरियल, एन्टिसेप्टिक, एन्टी फङ्गल तत्त्व प्रशस्त मात्रामा पाइन्छ । यी सबैले तपाईँलाई छाला सम्बन्धी समस्याबाट बचाउन सक्छ।

यो पनि…
अनुहारमा एलोभेरा लगाउनु फाइदा की बेफाइदा ?
सुख्खा छालामा मह प्रयोग गर्ने यी तीन तरिका



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।