English

घट्यो सुन–चाँदीको मूल्य



नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। सोमबार स्थिर रहेको सुन–चाँदीको मूल्य आज भने सामान्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य मूल्य पनि सामान्य घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो